शान्तिपूर्ण मनोनयनको सन्देश

आगामी पाँच वर्षको स्थानीय सरकार गठनका लागि हुनलागेकोे स्थानीय तह निर्वाचनअन्तर्गत १४ असारमा हुने दोस्रो चरणको निर्वाचनका लागि प्रदेश–१, ५ र ७ अन्तर्गत ३५ जिल्लाका तीन सय ३४ स्थानीय तहमा जस्तो उल्लासपूर्ण रूपमा उम्मेदवारी मनोनयन दर्ता भयो यसले एउटा सकारात्मक सन्देश दिएको छ । त्यो भनेको पाँच वर्षमा एपटक हुने आफ्नो सार्वभौमसत्ताको प्रयोग हुनबाट कसैले नरोक भन्ने जनताको अभिमत रहेको अवस्था हो । स्वयम् बहिष्कारकर्ताहरुले पनि अर्कै आवरणमा मनोनयन दर्ता गर्न चुकेनन् । यो अर्को राम्रो पक्ष हो । यदि उनीहरु चुकेका भए कम्तीमा पाँच वर्षका लागि आफ्नो हातबाट सबै कुरा गुम्ने थियो । दलगत नभए पनि उनीहरुले आफ्ना पक्षमा कति मत रहको भन्ने देखाउन पाए । अब उनीहरुले वास्तवमै १४ गते हुने चुनावमा बहिष्कार नै गर्ने हो भने त्यो देखावटी रुपमा र आफूहरु मौन बस्नुपर्छ किन भने त्यसले नै उनीहरुको पक्षमा कति मत छ भन्ने देखाउँछ । यसरी बहिष्कार गर्नु दलहरुका लागि यो एउटा अवसर पनि हो र तेस्रो चरणको निर्वाचनमा उनीहरुलाई अर्को एउटा मौका प्राप्त हुन आउँछ ।


निर्वाचन आयोगले दलहरूबीचको सहमतिपछि परिवर्तन गरेको कार्यतालिकाअनुसार असार ४ गते तीनै प्रदेशका कुल तीन सय ३४ स्थानीय तहमा दलका तर्फबाट तथा स्वतन्त्र रूपमा उम्मेदवारीका लागि उम्मेदवारहरूले आआफ्नो स्थानीय तहको केन्द्रमा रहेको मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय पुगी मनोनयन दर्ता गराए । यस दिन  बहिष्कार गर्नेहरुले आमहडताल गरेका थिए तर त्यसको प्रभाव परेन । यसो हुनुको कारण हो जुन कार्यकर्ताका बलमा उनीहरुले हडतालको आह्वान गरेका थिए तिनीहरु नै निर्वाचनमा सरिक हुनु । यो पनि राम्रो संकेत हो नेतृत्वको अतिवादविरुद्ध । तेस्रो चरणमा पनि यस्तै हुने अपेक्षा गर्न सकिन्छ र गर्न पनि पर्छ । किनभने यो जनताको अधिकारको कुरा हो । उनले आफ्नो सरकार आफंै प्रत्यक्ष छान्ने यस्तो मौका सधैँ पाउँदैनन् । त्यस दिन भएको उम्मेदवारी मनोनय तीनै प्रदेशमा उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको अवस्थाले धेरै कुरा बताउँछ र निर्वाचनका दिन यो उत्साह झन् बढ्नेछ । दोस्रो चरणको स्थानीय तह निर्वाचन प्रयोजनका लागि तीनै प्रदेशमा प्रकट भएको यो उल्लासपूर्ण वातावरणले तेस्रो चरणलाई पनि यस्तै बनाउने पक्का छ जसरी पहिलो चरणले दोस्रोलाई प्रेरणा दियो । त्यस दिनको यो उम्मेदवारी बिहान ८ बजेबाट सुरु भएर अपराह्न ४ बजेसम्म चलेको थियो । बाजागाजासहित उम्मेदवारहरूले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराए । यो क्रममा छिटपुट घटनाबाहेक कुनै अप्रिय दृश्यहरु प्रकट भएनन् जुन अर्को राम्रो पक्ष हो । दोस्रो चरणअन्तर्गत प्रदेश १, ५ र ७ मा हुने निर्वाचनमा तीनवटै प्रदेशमा गरी एक महानगरपालिका, सात उपमहानगर, एक सय ११ नगरपालिकाका लागि प्रमुख तथा उपप्रमुख पदमा उम्मेदवारी दिएका छन् । यस्तै दुई सय १५ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि समेत मनोनयन दर्ता भएको छ । १४ गते हुने निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन् अर्थात यतिवटा स्थानीय सरकार बन्नेछन् ।


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com