बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक समारोहमा कुुल सात सय ५३ स्थानीय निकायमध्ये एक सय २० स्थानमा मात्र बैंक तथा फाइनान्स कम्पनीहरुको पहुँच पुुग्न बाँकी रहेको बताएका छन् । भूभागको हिसाबले हेर्ने हो भने पहिले ४० प्रतिशतमा बैंकहरुको उपस्थिति थियो, स्थानीय तहमा जानुपर्ने व्यवस्थापछि अब लगभग ८० देखि ९० प्रतिशत भूभागमा बैंकिङ पहुँच पुगेको राष्ट्र बैंकका उच्च अधिकारीहरुले बताएका हुुन् ।


के बैंकहरुको भौतिक उपस्थितिलाई मात्र वित्तीय पहुुँच विस्तार भएको मान्ने हो ? राष्ट्र बैंकलाई बैंकलाई आमनगारिकको प्रश्न हो यो । वित्तीय पहुँच संख्यात्मकरुपमा होइन, गुणात्मक रुपमा हुुनुुपर्छ । अहिले नेपालमा लघुवित्तबाहेक २८ वटा वाणिज्य बैंक, ४० वटा विकास बैंक र २८ फाइनान्स कम्पनीहरु सञ्चालनमा रहेका छन् । त्यसमध्ये वाणिज्य बैंकहरुको २२ सय ७४, विकास बैंकहरुको सात सय ६९ र फाइनान्सहरुको एक सय ३० वटा समेत गरी कुुल तीन हजार एक सय ७३ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । ती शाखाहरुमध्ये धेरैजसो शाखाहरु काठमाडौं उपत्यका र अन्य सुुगम क्षेत्रहरुमा रहेका छन् । सामान्यरुपमा हेर्ने हो भने अहिले सुुगम क्षेत्रहरुमा मात्र एउटै भवनमा तीनदेखि चार वटासम्म बैंक तथा फाइनान्सका शाखाहरु सञ्चालनमा रहेका छन् । यो उपस्थितिलाई के भन्ने ? बैंकहरुले अहिले कर्जा प्रवाह गरी उत्पादन र उत्पादकत्व बढाउनेभन्दा पनि निक्षेप तान्ने किसिमबाट शाखाहरु खोलिएका छन् । स्थानीयस्तरमा जति शाखाहरु खोलिएका हुुन्छन्, त्यति नै मासिकरुपमा निक्षेप जम्मा गर्न सीमा तोकिएको हुन्छ । त्यही आधारमा ती शाखामा रहेका शाखा प्रमुखहरुले निक्षेप तान्ने गरेका छन् । अनि त्यो रकमलाई बैंकहरुले केन्द्रसम्म तान्ने गरेका छन । त्यही कारण पनि निक्षेप र कर्जामा निकै नै ठूलो असमानता रहेको छ ।


राष्ट्र बैंकको असार मसान्तसम्मको तथ्यांंकलाई आधार मान्ने हो भने वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा कुुल निक्षेपकर्ता ग्राहक संख्या एक करोड ९७ लाख ५४ हजार ३६ रहेको छ । जसमध्ये वाणिज्य बैंकमा एक करोड ६१ लाख १९ हजार छ सय १४, विकास बैंकहरुमा ३२ लाख चार हजार सात सय १८ र फाइनान्सहरुमा चार लाख २९ हजार सात सयवटा निक्षेप खाता सञ्चालनमा रहेका छन् । यसबीचमा कुल कर्जावाला खाता संख्या भने १२ लाख १६ हजार ९१ वटा रहेको छ । सोही आधारमा पनि निक्षेप र कर्जावाल ग्राहकको बीचमा निकै ठूलो असमानता रहेको देखिन्छ । यो असमानतालाई आधार मान्दा वित्तीय पहुँचलाई गुणात्मक मान्न सकिँदैन ।


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com