फेरीपनि सम्वोधन भएन डुवानको विषय

काठमाडौ बैशाख ३१
भारतीय प्रधानमन्त्रीको सिको भयोभने नेपालका प्रधानमनत्रीको चाारत भ्रमण अव छिट्टै हुने छ । मोदीले उनलाइ निम्ता दिइसकेका छन । आफुले निम्ता पाएको महिना दिन पुग्दा नपुग्दै मोदी नेपाल आउका थिए भने अव पालो ओलीको हुने छ त्यही छिटोलाइ अनुकरण भयाभने तर यता जति भ्रमण भएपनि नेपालकिा समसष्या भने जहाका तही रहने देखियो मोदी भ्रमणले र यस अघि को ओली भ्रमणमा पनि । नेपालकिो समस्या भनेको भारतले बनाएको भौतिक संरचनाको कारण नेपाली भूमि वर्षेनी डुबानमा पर्ने गरेको अवस्था नैहो । यसबारेमा कसरी समाधान गर्ने भन्ने ठोस उत्तर नदिइ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २९ गते स्वदेश फर्किए । अघिल्लो दिन बिहान प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरबाट नेपाल भ्रमण सुरु गरेका भारतीय प्रधानमन्त्री मोदी नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी नयाँदिल्ली फर्किएका हुन तर यता वर्षा लाग्न थालेकोले यसबारे के कुराभयो भन्ने सरोकारहरुले खोज्दा कतेपनि सम्वोधन भउको पाएनन ।
भारतले सीमा क्षेत्रमा बनाएको संरचनाको कारण नेपालको धेरै भूभाग डुबानमा पर्दै आएको छ भने नेपालका दर्जनौं स्थानलाई भारतले कब्जा गर्ने प्रयास गरेको छ । भारतकै कारण कालापानी, सुस्ता, कञ्चनपुरको पुनर्वासलगायका नेपाली भूभागमा बढी विवाद देखिएको छ । मोदीको भ्रमणमा ती लगायका अन्य स्थानमा देखिएका सीमा विवाद समाधान हुने अपेक्षा गरिएको थियो । नेपालले ती विषयको बारेमा कुरा उठाए पनि भारतीय प्रधानमन्त्री मोदीले त्यसलाई बाहिर नल्याई समाधान गर्ने आश्वासन प्रधानमन्त्री केपी ओलीलाई दिएको वताइएकोछ तर सार्वजनिक भउका कुरा त पुरा नभउका विगतको उदाहरण बीचमा यस्तो गोप्य आश्वासनको अथृ केरहला भन्ने प्रश्न उठनु सावभाविक नै हो । प्रत्येक वर्ष वर्षा लाग्नासाथ तराई क्षेत्रमा डुबानको समस्या देखिने गदैृ आउको थियो । भनिन्छ प्रधानमन्त्री ओलीले उक्त विषयका बारेमा आफ्नो भारत भ्रमण र मोदीको नेपाल भ्रमणको क्रममा पनि कुरा उठाएका थिए । यद्यपि ओलीको भारत भ्रमण र मोदीको नेपाल भ्रमणको बेला सीमा विवादको बारेमा केही बोलिएको थिएन र छैन पनि । यी दुवै विषय एकअर्का संग अन्योन्य सम्वन्ध राख्ने मानिन्छन ।
सीमा क्षेत्रमा हुने विवाद र डुबानको बारेमा मेचीदेखि महाकालीसम्मका तराई क्षेत्र प्रभावित हुनेछ । डुबानमा पर्ने अन्य प्रदेश नगए पनि मोदी २ नम्बर प्रदेशमा पुगे । त्यसबेला त्यहाँको सरकारले मोदीलाई नेपालको तराई भारतको कारण डुब्न दिन्न भन्न लगाउनुपर्नेमा त्यस्तो पनि भएन । यद्यपि मोदीले आउँदो सेप्टेम्बरसम्म सबै समस्याको समाधान गर्ने वचन दिएको बताइएको छ । तर यो प्रतिवद्धता खुला भएन त्यसकारण यसकोकार्यान्वयनमा सन्देह पैदा भएको हो । दुइ देश बीच संष्ुक्र वक्तव्यमा जनाइएका लिखित प्रतिवद्धता त कार्यान्वयन नभउका बेला आश्वासनलाइ पत्याउने आधार देखिदैन । यता वषाृको समय चाहि सुरु भैनै सक्यो । यसले नेताको आकाशमा उडाइले कुनै अथृ रहदैन भन्ने सनदेश गएको छ खास गरी ती डुवान क्षेत्रमा । मोदीको जुन क्षेत्रमा भ्रमण भयो त्यहाको नेतृत्वलेत योकुरा उठाउनै पर्ने थियो तर त्यसो हुन सकेन आफनो राजनीति जोगाउने नाममा । यही हो यतिबेलाको दुखद पक्ष पनि ।

 


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com