लोडसेडिङ अन्त्यको सन्देश

काठमाडौ जेठ २

जुन राजनीतिक दलको अतिराजनीतिका कारणले अरुण फर्केको थियो । त्यसकै कार्यकालमा २३ वर्षपछि शिलान्यास भएको भोलिपल्ट विद्युत् प्राधिकरणले झन्डै १५ वर्षपछि नेपाल लोडसेडिङमुक्त देश भएको घोषणा ग¥यो । यसले के प्रस्ट पा¥यो भने यदि त्यो आयोजना त्यसबेला निर्माण भएको भए देशमा यस्तो अँध्यारो नै आउने रहेनछ । अबको राजनीतिका लागि पनि यो एउटा पाठ हुनुपर्छ । नेपाल विद्युत् प्राधिकरणले सन् २००३ मा मागअनुसार विद्युत् आपूर्ति नभएको भन्दै पहिलो पटक लोडसेडिङ गरेको थियो । त्यति बेला प्राधिकरणले ठाउँ विशेष हेरेर हप्ताको एक दिन एक घण्टा लोडसेडिङ गरेको थियो । प्राधिकरणले केही वर्षअघि दैनिक १८ घण्टासम्म लोडसेडिङ गरेको विवरण पनि हाम्रा सामु छ । तर, अब योे आफँै अन्त्य भएको छ जुन खुसीको कुरा मान्नुपर्छ ।
आन्तरिक उत्पादन बढेको र भारतबाट थप विद्युत् आयात गरी लोडसेडिङ हटाइएको बताइउको छ अहिले । त्यसका लागि विद्युत् चुहावटलाई समेत २६ प्रतिशतबाट २० प्रतिशतमा झारिएको, चुहावट रोक्दा लोड व्यवस्थापनमा सहज भएको बताइएको छ । त्यसो भए व्यवस्थापन पनि महत्वको कुरा रहेछ भन्ने बुझ्नुपर्छ नै । साधारण अवस्थामा रहिरहे अब देशमा लोडसेडिङ नहुने प्राधिकरणको भनाइ छ । चालू वषर्मा निर्माण पूरा हुने आयोजनालाई द्रूत गतिमा अघि बढाउन सरकारले सहजीकरण गर्नेे योजना बनाएको बुझिन्छ । यसले आगामी वर्ष झन् सहज हुनेछ नै । प्रणालीमा आउने क्षणिक प्राविधिक कठिनाइबाहेक प्रसारण लाइन पुगेका कुनै पनि ठाउँमा लोडसेडिङ नहुने भन्ने कुराले त्यही बुझाउँछ । प्राधिकरणले आफ्ना विद्युत् आयोजनाको सुधारलाई प्राथमिकता दिएर र अन्य प्राविधिक गडबढीलाई सुधार गरेर लामो प्रयासपछि देशलाई लोडसेडिङमुक्त बनाइएको यो अवस्था वास्तवमा नै आउँदा दिनका लागि पनि अनुकरणीय नै हो । बताइएअनुसार लोडसेडिङ हटाउन विद्युत् गृहमा सुधार, पुराना ट्रान्सफर्मर विस्थापन, नयाँ र बढी क्षमताका ट्रान्सफर्मरको स्थापना, प्रसारण लाइनको मर्मत सम्भार र चुहावट नियन्त्रण आदि नै यसका प्रमुख कारण हुनुपर्छ । पहिलो चरणमा वैशाख पहिलो साताबाट सरकारी स्तरमा सञ्चालित बालाजु, पाटन, पोखरा, हेटौंडा र बुटवल औद्योगिक क्षेत्रमा लोडसेडिङको अन्त्य गरिएको थियो । अब निजी औद्योगिक क्षेत्रको लोडसेडिङ पनि पूर्णरूपमा अन्त्य भएको छ ।
त्यसैपनि वर्षामा बिजुली बढ्ने गरेकै हो विगतमा पनि । जाडो याममा मात्रै बढी अभाव हुने गरेको थियो । गर्मी बढेसँगै रन अफ रिभर प्रणालीका जलविद्युत् आयोजनाबाट १० देखि १५ प्रतिशत उत्पादन वृद्धि हुने गरेको विगत छ हामीसामु । हिउँदमा भन्दा १० देखि १५ प्रतिशत विद्युत् उत्पादन वृद्धि हुँदा लोड व्यवस्थापन गर्न सहज भयो नै । अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग विद्युत् भारतबाट आयात गरी लोडसेडिङको व्यवस्थापन भएको हो भने व्यवस्थापनमाथि प्रश्न उठ्छ नै यस अघिका दिनमा । यसअघि प्राधिकरणले २०७३ तिहारमा लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौं उपत्ययकालगायत मुलुकका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो । चुहावटलाई आउँदो वर्ष १५ प्रतिशतसम्म झार्ने हो भने पनि त्यसको प्रभाव यो क्षेत्रमा सकारात्मक रुपमा पर्नेछ । यसतर्फ ध्यान जाओस् ।


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com