प्रतिस्पर्धा बीमितहरुलाई गुणस्तरीय सेवा दिनका लागि हुनुुपर्छ

नेपाली बीमा क्षेत्रमा लगातार ३८ वर्षसम्म काम गरेको अनुुभव सँगालेका व्यक्ति हुुन्, विश्वराम तिमिला । सन् १९८१ मा भारतीय बीमा कम्पनीको रुपमा नेपालमा सञ्चालित ओरियन्टल इन्योरेन्स कम्पनीबाट बीमा क्षेत्रमा प्रवेश गरेका तिमिला अझै पनि नेपाली बीमा क्षेत्रमा सक्रिय छन् । बीमा क्षेत्रमा कुुशल व्यवस्थापकको रुपमा परिचय स्थापित गरेका तिमिला बीमा क्षेत्रका लागि एक आदर्श व्यक्ति हुुन् । नेपालमा बीमा क्षेत्रको विकास र विस्तारमा पनि तिमिलाको योगदान ठूलो छ । तिमिला हाल नेको इन्स्योरेन्स कम्पनीमा प्रमुुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । सन् १९९६ मा सिनियर म्यानेजरको रुपमा नेको इन्स्योरेन्समा प्रवेश गरेका तिमिलाले नेकोमा प्रमुुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेको झण्डै चार वर्ष पूरा भएको छ । आजको दिनसम्म आइपुुग्दा नेको इन्स्योरेन्स कम्पनीले जुुन व्यावसायिक उचाइ हासिल गरेको छ, त्यसमा सिँगो नेको परिवारको हात त रहेको छ नै । त्यसमाथि पनि व्यवस्थापन प्रमुुखको नाताले तिमिलाको भूमिका निकै नै ठूलो रहेको छ । उनै तिमिलासँग आर्थिक दैनिकका तर्फबाट सुरेश राउतले लिएको अन्तर्वार्ताको सम्पादित अंश :

३८ वर्षअघि बीमा क्षेत्रमा काम गर्दा र अहिलेको अवस्थामा के भिन्नता पाउनुुहुन्छ ? 

म सन् १९८१ मा बीमा क्षेत्रमा प्रवेश गरेको हुँ । त्यतिबेला नेपालमा जम्मा चार वटा बीमा कम्पनीहरु थिए नेपाल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा संस्थान, ओरियन्टल इन्स्योरेन्स कम्पनी र नेशनल इन्स्योरेन्स कम्पनी । संंख्यात्मकरुपमा बीमा कम्पनीहरु कम भएका कारण पनि त्यतिबेला बीमा क्षेत्रमा प्रतिस्पर्धा नै थिएन । काम गर्न सहज वातावारण थियो । तर अहिले बीमा कम्पनीहरुको संख्या धेरै छ । सोही आधारमा प्रतिस्पर्धा पनि निकै नै बढेको छ । 

३८ वर्षअघि नेपालमा बीमाको अवस्था कस्तो थियो ? 

नेपालमा त्यतिबेला स्वदेशी र विदेशीसमेत गरी जम्मा चार वटा कम्पनीहरुले मात्र बीमासम्बन्धी कारोबार सञ्चालन गरेका थिए । सम्भवत त्यतिबेला कुुल जनसंख्याको एक प्रतिशत जनता पनि बीमाको दायरामा थिएनन् । तर अहिले बीमाको दायरा निकै नै फराकिलो भएको छ । त्योसँगै बीमाको पहुँचको अवस्था पनि बढ्दै गएको छ । अहिले कुुल जनसंख्याको झण्डै ११ प्रतिशत जनता बीमाको पहुँचको दायरामा रहेको भनिँदै आएको छ । कृषि, पशुुपन्छी तथा बाली बीमा, तेस्रो पक्ष बीमालगायतका कारण पछिल्ला वर्षहरुको बीमाको पहुँच बढ्दै गएको छ । 

बीमा कम्पनीहरुको संख्यात्मक वृद्धिसँगै अस्वस्थ प्रतिस्पर्धा बढ्यो भन्छन् नि ?

हो, अहिले बीमा क्षेत्रमा प्रतिस्पर्धा बढेको छ । तर हामीले दुःखका साथ भन्नुुपर्छ, त्यो प्रतिस्पर्धा स्वस्थ हुुन सकेको छैन । अहिले सबै किसिमका गरी ४० वटा बीमा कम्पनीहरुको बीमासम्बन्धी सेवा उपलब्ध गराउँदै आएका छन् । जसमध्ये १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनी सञ्चालनमा रहेका छन् । जसअनुसार अहिले सबै किसिमका कम्पनीहरुका आ—आफ्ना लक्ष्य रहेका छन्, त्यो लक्ष्य पूरा गर्ने नाउँमा अस्वथ प्रतिस्पर्धा हुुने गरेको छ । तर यसो हुनुुहुँदैन । प्रतिस्पर्धा जहिले पनि स्वच्छ हुुनुुपर्छ । स्वच्छ प्रतिस्पर्धामा नै स्वच्छ व्यवसाय सञ्चालन हुुनसक्छ  ।

बीमा क्षेत्रमा काम गर्नका लागि दक्ष जनशक्तिको अभाव छ भनिन्छ नि ? 

हो, बीमा कम्पनीहरुको संख्यात्मक वृद्धिसँगै अहिले यस क्षेत्रमा काम गर्नका लागि दक्ष कर्मचारीहरुको अभाव रहेको छ । यही कारणले गर्दा यस क्षेत्रमा कार्यरत पुराना र अनुुभवी कर्मचारीहरुलाई कम्पनीहरुले विभिन्न प्रलोभन दिएर तानातान गर्ने प्रवृत्ति बढेर गएको छ । अहिले बीमा समितिकै पहलमा यस क्षेत्रका लागि आवश्यक पर्ने दक्ष जनशक्ति व्यवस्थापनका लागि बीमासम्बन्धी विभिन्न किसिमका तालिमहरु दिन थालिएको छ । 

बीमा समितिले नयाँ ऐन ल्याउने तयारी गरिरहेको छ, यसको बारेमा के भन्नुुहुुन्छ ? 

बीमा समिति, बीमा कम्पनीहरुको नियमनकारी निकाय हो । समितिले अध्ययन, अनुुसन्धान गरेर यस क्षेत्रका लागि आवश्यकता महसुस गरेर नै बीमा ऐन ल्याउन तयारी गरेको हुुनुुपर्छ । समितिले ल्याउने सबै ऐनहरु मुुलुकको सिंँगो बीमा क्षेत्रको विकास र विस्तारका लागि ल्याउने हो । यस अर्थमा ती ऐनहरु बीमामैत्री नै हुन्छन् र हुुनुु पनि पर्छ । नयाँ ऐनले बीमाको बजारलाई संस्थागत सुशासनको दायरामा ल्याउने काम गरोस् । 

निर्जीवन बीमा क्षेत्रमा काम गर्न समस्या हुन्छ, भन्छन् नि ?

निर्जीवन बीमा क्षेत्रमा काम गर्नका लागि खासै समस्या छैन । विगत ३८ वर्षदेखि म यही क्षेत्रमा क्रियाशील रहेको छु । यो अवधिसम्म आइपुुग्दा मैले कहिले पनि काम गर्न समस्या भएको महसुुस गरेको छैन । हाम्रो मुख्य समस्या भनेको नै दक्ष जनशक्तिको अभाव हो । दक्ष जनशक्तिको व्यवस्थान हुुन सकेको खण्डमा यस क्षेत्रमा काम गर्न खासै अप्ठेरो हुुँदैन । 

बैंकहरुको तुुलनामा बीमा क्षेत्रमा आकर्षण कम भएर नै दक्ष जनशक्तिको अभाव भएको हो ? 

होइन, बीमा क्षेत्रमा आकर्षण छ । बीमा कम्पनीहरुले पनि बैंकसरहको सेवा सुविधा दिइरहेका छन् । तर पनि कर्मचारीहरुको आकर्षण बैंकमा नै किन हुन्छ, हामीले बुुझ्न सकेका छैनौं । क्षमतावान् र दक्ष कर्मचारीहरुलाई बीमा क्षेत्रमा काम गर्नका लागि जहिले पनि अवसर नै अवसर छ । 

नेपालमा बीमा क्षेत्र अपेक्षाअनुसार बढ्न नसकेको हो ? 

हुुनसक्छ, विश्वका सबै राष्ट्रहरुमा बीमाको बजार ठूलो रहेको छ । त्यस अर्थमा नेपालमा पनि बीमा क्षेत्रको बजार ठूलो रहेको छ, यसमा कसैको दुुईमत छैन । नेपालमा बीमाको बजार अपेक्षा गरेअनुुसार बढ्न नसक्नुुको मूल कारण बीमासम्बन्धी जनचेतनाको अभाव हो । विसं २०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पका कारण थुुप्रै संरचनाहरु ध्वस्त भए । त्यसपछि आम नागरिकहरुमा बीमा गर्न पर्ने रहेछ भन्ने कुराको चेतना विस्तार भयो, अहिले पनि यो क्रम जारी नै छ । सोही कारण पछिल्लो समय बीमाको बजार विस्तारै बढ्दै गएको छ । 

आम नागरिकहरुमा बीमा गर्नुुपर्छ, भन्ने भावना जागृत हुँदै गएको छ । सरकारका विभिन्न निकायहरु, बीमा समिति र सञ्चालनमा रहेका बीमा कम्पनीहरुले पनि विभिन्न माध्यमबाट बीमासम्बन्धी जनचेतना विस्तार गर्न काम गरी रहेका छन् । बीमासम्बन्धी जनचेतना विस्तारमा सञ्चार माध्यमहरुमा भूमिका पनि निकै नै ठूलो रहेको छ । यो क्षेत्रमा काम गरिरहेका व्यक्ति तथा संस्थाहरु सबैको एउटै उद्देश्य हो, देशको सबै कुुनामा बीमाको पहुँच पुुगोस् । बीमामार्फत आमनागरिकको जीउ धनको सुरक्षा होस् । मुुलुकको आर्थिक विकास र समृद्धिमा बीमा क्षेत्रको योगदान ठूलो होस् । समृद्ध नेपाल सुुखी नेपालीको लक्ष्य पूरा गर्नका लागि बीमा क्षेत्रले आफ्नो तर्फबाट योगदान दिन सकोस् । यसैका लागि हामीले काम गरिरहेका छौँ । 

कस्तो छ, अहिले नेको इन्स्योरेन्सको अवस्था ?

नेको इन्स्योरेन्स कम्पनी विश्वको नै टप ब्रोकर कम्पनी एआईजी अर्थात् अमेरिकन इन्स्योरेन्स ग्रुुप संलग्न रहेको कम्पनी हो । अहिले नेकोको चुक्ता पुँजी चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणको आधारमा भन्ने हो भने एक खर्ब १७ करोड ६२ लाख ७८ हजार रुपैयाँ रहेको छ । कम्पनीले यस अवधिमा १७ करोड तीन लाख १९ हजार रुपैयाँ खुद मुनाफा कमाइसकेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो मुनाफा ११ करोड ६५ लाख १४ हजार रुपैयाँ रहेको थियो । अहिले कम्पनीको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ९६ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ एक सय ८७ रुपैयाँ ९३ पैसा रहेको छ । 

कम्पनीको यो वित्तीय अवस्थाबाट आम सेयरधनी, लगानीकर्ता र ग्राहकहरु कत्तिको सन्तुुष्ट हुुनुुहुुन्छ ? 

हाम्रा आम सेयरधनी, लगानीकर्ता, ग्राहक हामीसँग सन्तुुष्ट हुुनुुहुुन्छ । कम्पनीले आम लगानीकर्ताहरुलाई सदैव उच्चरुपमा प्रतिफल दिँदै आएको छ । लगानीकर्ताहरुले आफ्नो लगानीअनुसारको प्रतिफल पाइरहेका छन् । ग्राहकहरुलाई पनि हामीले हाम्रो स्रोत, साधन र क्षमताले भ्याएसम्म उत्कृष्ट सेवा दिँदै आएका छौँ । आशा छ, सबै व्यक्तिहरु कम्पनीले दिने सेवाबाट सन्तुुष्ट हुुनुुहुुन्छ । यही कारण पनि हुुनसक्छ । हामीले विभिन्न किसिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरु पनि पाएका छौँ । पछिल्लो पटक बेष्ट म्यानेज जनरल इन्स्योरेन्स कम्पनी अवार्ड पाएका छौँ । यो सबै हामीले दिने उत्कृष्ट सेवाबाट नै सम्भव भएको हो ।

बजारमा अरु बीमा कम्पनीहरु पनि छन्, त्यो भीडमा नेकोलाई कसरी परिभाषित गर्नुुहुुन्छ ? 

सबै बीमा कम्पनीहरुले दिने भनेको बीमासम्बन्धी सेवा नै हो । अरुले कसरी काम गर्छन्, त्यसको बारेमा त भन्न सक्दिनँ । तर नेकोमा बारेमा भन्नुुपर्दा, नेको जहिले पनि ग्राहकमैत्री रहेको छ । आम ग्राहकको इच्छा र चाहनाअनुसार नै हामीले बीमासम्बन्धी सेवा उपलब्ध गराउँदै आएका छौँ । यसको बलियो उदाहरणको रुपमा हामीले सुरु गरेको ‘अन द स्पट’ पेमेन्ट हो । जस्तो विभिन्न कारणवशः सवारीसाधन दुुर्घटना हुँदा घटनाको प्रकृति हेरेर, घटना स्थलमा नै गएर, छिटो–छरितोरुपमा सबै प्रक्रिया पूरा गरेर हामी बीमाको भुक्तानी दिन्छौँ । नेपालमा यसको सुरुवात गर्ने नेको नै पहिलो कम्पनी हो । अहिलेसम्म हामीले झण्डै सात हजारको हाराहारीमा अन द स्पट बीमाको भुक्तानी दिइसकेका छौँ । यसबाट हाम्रा ग्राहकहरु खुुसी भएका छन् । विशेषगरी स–साना दुुर्घटनाहरुमा हामी ‘अन द स्पट’ पेमेन्ट गर्छौँ । यसअन्तर्गत एक लाख रुपैयाँसम्मको भुक्तानी दिने गरिएको छ । कम्पनीको बारेमा भन्नुुपर्दा नेपालमा नम्बर अफ पोलिसी बिक्रीमा पनि नेकोको पोजिसन दोस्रो रहेको छ । 

कम्पनीका दीर्घकालीन योजनाहरु के छन् ? 

अहिले कम्पनीले विभिन्न ठाउँमा रहेका शाखा तथा उपशाखासमेत गरी ४६ स्थानबाट बीमा सेवा उपलब्ध गराउँदै आएको छ । विसं २०७६ सालभित्रमा थप आठदेखि १० वटा ठाउँमा नयाँ शाखा तथा उपशाखाहरु खोल्ने हाम्रो लक्ष्य रहेको छ । त्यसका लागि अहिले हामी सम्भावित स्थानहरुको पहिचान गरिरहेका छौं । केही स्थानहरुमा शाखा खोल्ने क्रम अन्तिम चरणमा पुुगेको छ । सरकारले सुरु गरेको कृषि तथा पशुुपन्छी बीमा कार्यक्रमलाई अझ प्रभावकारीरुपमा अगाडि लानेछौँ । अहिले हामीले ताप्लेजुुङमा पशुुपन्छी बीमासम्बन्धी कामहरु गरिरहेका छौँ । त्यो क्षेत्रमा पशुुपन्छी बीमा कार्यक्रम निकै नै प्रभावकारी भएको छ । यीबाहेक कर्मचारीलाई बीमासम्बन्धी विश्वबजारमा आएका नयाँ–नयाँ प्रविधि, काम गर्ने शैली आदिका विषयमा पनि तालिम दिनेछौँ । बीमासम्बन्धी जनचेतना विस्तारमा पनि कम्पनीले अझ प्रभावकारीरुपमा भूमिका खेल्ने लक्ष्य लिएको छ । साथै कम्पनीले संस्थागत सुुशासन र सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यलाई पनि अझ ठोसरुपमा अगाडि लैजाने लक्ष्य लिएको छ । 

पछिल्लो समय बीमा कम्पनीहरु मर्जरमा जाने कुरा पनि चलेको छ नि ? 

बीमा कम्पनीहरु मर्जरमा जाने कुरा पहिला पनि चलेको हो, अहिले फेरि चलेको छ । मर्जरको बारेमा हामीले पनि केही सोचिरहेका छौँ । मर्जरको बारेमा सबै कुरा भनिहाल्ने बेला भएको छैन ।


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com