Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकर्पोरेट डेभलपमेन्ट बैंकद्वारा वार्षिक साधारणसभाको आह्वान

कर्पोरेट डेभलपमेन्ट बैंकद्वारा वार्षिक साधारणसभाको आह्वान


काठमाडौं ।
कर्पोरेट डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकको यही असोज २९ गते १२औं वार्षिक साधारणसभाको आह्वान गरेको हो । बैंकले उक्त वार्षिक साधारणसभामार्फत गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरण पारित गर्नेछ ।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा चार करोड ९७ लाख २० हजार एक सय ८३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा तीन करोड ६५ लाख ५० हजार एक सय ९५ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ४१ करोड रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा २९ करोड ६४ लाख २० हजार नौ सय ४३ रुपैयाँ निक्षेप संकलन गरी ३१ करोड ३० लाख ३१ हजार चार सय ५१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड ३८ लाख ३० हजानर छ सय ९४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव २३ प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवजधिमा संस्थाले १८ करोड ८५ लख ८१ हजार रुपैयाँ निक्षेप संकलन गरी २६ करोड १३ लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड १४ लाख १४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा २९ दशमलव ६६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया