Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसमाचार बन्न छाडेको तेलको मूल्य

समाचार बन्न छाडेको तेलको मूल्य


काठमाडौं,बैशाख १२
कोरोना भाइरसले संसारलाई कहाँ पु¥याएछ भन्ने पछिल्लो उदाहरण भएको छ कच्चा तेलको मूल्य । त्यसमा जस्तो घटबढ भए पनि कतै चासो नरहनु । पहिले कतै अलिकति पनि मूल्यमा यताउति हुनेजस्तो संकेत मात्रै आउँदा त्यसको लहर एक लिटर तेल किन्न जानेलाई पनि पर्ने गर्दथ्यो । अर्थात् घट्ने भएपनि बिक्रवितरण बन्द गर्ने र बढ्ने भए पनि । उत्पादन भएको ठाउँको यस्तो मूल्यको तलमाथिले एउटा पेट्रोलपम्पलाई खासै प्रभाव पार्नु नपर्ने हो तर परिहाल्थ्यो । त्यहीअनुसार होला अरु क्षेत्र पनि । तर, यो पटक भिन्न चित्र देखियो । तेलको मूल्यमा यस्तो गिरावट आयो, कोही खरिदकर्ता फेला परे भने उल्टो उसले पैसा पाउने भयो अर्थात् इतिहासमै तेलजस्तो यति महत्वको विषयमा यस्तो गिरावट आएको थिएन । यो पटक त्यस्तो भयो तर कसैलाई चासो रहेन । कम्तीमा एउटा उपभोक्ताले अब सस्तो पाइएला भनी प्रतिक्रिया त दिनुपर्ने हो तर त्यतिसम्म गरेको पनि पाइएन ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएअनुसार खासगरी अमेरिकी कच्चा तेलको मूल्य अभिलेखमा रहन थालेपछि पहिलो पटक शूयभन्दा पनि तल आयो । अवस्था कस्तो भने कच्चा तेलको भण्डारण गर्ने ठाउँसमेत नहुने भयो र यस्तोबेला जसले खरिद गर्छ उसलाइ नै पैसा दिने व्यवस्था भयो । सुन्दा यो अचम्को कुरा लाग्छ । जसले वस्तु किन्ने हो त्यसको जे–जति होस मूल्य त हुन्छ नै र धेरथोर उसले पैसा तिर्नुपर्छ । तर, यो बेला उल्टो के भयो भने जसले यस्तो कच्चा तेल किन्छ र जति बढी मात्रामा किन्छ सोही अनुसार नगदसमेत पाउने व्यवस्था भयो । यसले बिक्रेतालाई फाइदा के भयो भने उत्पादन भैरेहको तेल भण्डारण गर्न पाउने भयो । यही नेर होला माग र आपूर्तिको तालमेलको अवस्था । यतिखेर संसारमा सबैभन्दा माग घटेको वस्तु भनेको तेल नै होे । यतिबेला संसारको साढे आठ अर्ब हाराहारीको जनसंख्यामध्ये दुई तिहाइ भाग लकडाउनमा छ । कतिपय देशले नै यस्तो घोषणा गरको हुन् भने कतिपय नागरिक आफैँले हिँडडुललाई प्रतिबन्ध लगाएका छन् । आपत्विपत् नपरिकन हवाइ उडान भएका छैनन् बितेको एक÷डेढ महिनादेखि । हवाइ मार्ग जसरी अवरोधमा छन् स्थ्लमार्ग पनि त्यस्तै । संसारभरिको सबैभन्दा ठूलो रेलवे सञ्जाल भएको भनिएको भरतीय रेल यतिखेर क्वारेन्टाइनमा परिणत भएको छ । यो कुनै मजाक होइन । सरकारले निर्णय गरेर नै रेलका डिब्बालाई क्वारेन्टाइनमा परिणत गरेको हो ।

यता संसार तीन भागको एक भाग मात्र चलायमान छ भने त्यस्तो बेला स्वाभाविक छ तेलको भाउ घट्ने भयो नै । रिपोर्टमा आएअनुससार लकडाउनका कारण विश्वभरका मानिसहरू घरभित्रै बसिरहेका छन् यतिबेला । खासगरी अमेरिकी तेलको भाउ घटेर यस्तो अवस्था आएको बताइन्छ । अमेरिकाको तेलको मूल्य घटेर माइनस ३७ दशमलव ६३ डलर प्रतिब्यारेल पुगेको छ । यो गिरावटको असर विश्वभरका तेल बजारमा पर्न गयो । कोरोनाका सुरावाती दिनमा नै ओपेक सदस्य देशहरू र तिनका सहयोगीहरू तेल उत्पादन १० प्रतिशत घटाउन सहमत भएका थिए । तेल उत्पादन यति धेरै घटाउने डिल पहिलो पटक भएको थियो । यी विवरणका केही नमुना यो ठाउँमा किन उल्लेख भयो भने यस्तो पनि दिन आउँदोरहेछ है भन्ने रेकर्ड सधैँका लागि रहोस् । तेल यस्ततो वस्तु हो जसका लागि ठूला–ठूला युद्ध भएका छन् र ठूला–ठूला हस्तीहरू अस्ताउने र उदाउने गरिहेका छन् । त्यस्तो बेला अहिले सबैभन्दा बढी प्रभावमा यही क्षेत्र बन्यो र कारोबार करिब शून्यमा झ¥यो । खासगरी संकटका बेला कमाउन खोज्नेहरूले त पाठै सिके पनि होला ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया