Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को टिकट बुकिङ खुला

‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को टिकट बुकिङ खुला


काठमाडौं । छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को टिकट बुकिङ खुला भएको छ । आउँदो चैत २ देखि ६ गतेसम्म हुने महोत्सवको सोमबारबाट टिकट बुकिङ खुला भएको हो । ‘खल्ती एप’मार्फत टिकट बुकिङ गर्न सकिने आयोजकले जनाएको छ ।

यस्तै यस पटक ‘निफ’का प्रतिस्पर्धी चलचित्र चारवटा सिनेमा हलमार्फत प्रदर्शन गरिने भएको छ । क्यूएफएक्ससँगको सम्झौताअनुसार काठमाडौंको सिटी सेन्टर र छायाँ सेन्टर, पुलचोकको लबिम मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा प्रतिस्पर्धी फिल्म प्रदर्शन हुनेछन् ।

यस महोत्सवमा ३५ देशका ९५ प्रतियोगी चलचित्र प्रदर्शन हुनेछन् भने ‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुनेछ । कार्यक्रमको उद्घाटन सिभिल मल सुन्धारामा प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने आयो्जकले जनाएको छ । विगतमा झैं यस पटक पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरु प्रदर्शन हुनेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, मनोरञ्जन
ट्याग : #page 3


तपाईको प्रतिक्रिया