Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक इन्टरनेशनलले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने

सिटिजन्स बैंक इन्टरनेशनलले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने


काठमाडौं, जेठ २१
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले क्षेत्रीयस्तरको सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । प्राप्तिमा जानेसम्बन्धी प्रस्ताव पारित गर्नको लागि सहयोगीले यही जेठ २४ गते १६औं वार्षिक साधारणसभाको आह्वान गरेको छ । यसअघि सहयोगीले चैत १० गते नै वार्षिक साधारणसभाको आह्वान गरेको थियो । तर, विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को महामारीलाई नियन्त्रणमा लिनको लागि सरकारले चैत ११ गतेदेखि नै लकडाउनको घोषणा गरेपछि बैंकले वार्षिक साधारणसभा स्थगित गरेको थियो । तर, पछिल्लो पटक भने बैंकको यही जेठ १५ गते बसेको सञ्चालक समितिको दुई सय ९९औं बैठकले यही जेठ २४ गते बैंकको केन्द्रीय कार्यालय धनुुषामा १६औं वार्षिक साधारणसभा गर्ने घोषणा गरेको हो । उक्त सभामार्फत सहयोगीको एक सय कित्ता सेयर बराबर सिटिजन्सको ९१ दशमलव ७५ कित्ता अर्थात् १ः०.९१७५ बराबरको सेयर स्वाप रेसियो कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।

सिटिजन्स बैंकले सहयोगीलाई प्राप्ति गरेपश्चात् बैंकको चुक्ता पुँजी नौ अर्ब १३ करोड आठ लाख ६५ हजार रूपैयाँ पुुग्ने छ । चालू आवको तेस्रो त्रैमासिक अवधिमा सिटिजन्सको चुक्ता पुँजी आठ अर्ब ६२ करोड २१ लाख ९७ हजार रूपैयाँ रहेको छ भने सहयोगीको चुक्ता पुँजी ५० करोड ९६ लाख ६८ हजार रूपैयाँ रहेको छ । प्राप्तिपश्चात् सिटिजन्सको निक्षेप ८२ अर्ब ५४ करोड २९ लाख ३९ हजार रूपैयाँ पुग्ने छ । हाल सिटिजन्सको निक्षेप ७७ अर्ब ८३ करोड ६५ लाख १३ हजार रूपैयाँ रहेको छ भने सहयोगीको निक्षेप चार अर्ब ७० करोड ६४ लाख २६ हजार रूपैयाँ रहेको छ ।

यसैगरी प्राप्तिपश्चात् सिटिजन्सको कुुल कर्जा ७९ अर्ब १७ करोड ५० लाख ९० हजार रूपैयाँ पुुग्नेछ । हाल भने सिटिजन्स बैंकको कर्जा ७५ अर्ब एक करोड ४२ लाख ६८ हजार रूपैयाँ रहेको छ भने सहयोगीको कुुल कर्जा चार अर्ब १६ करोड आठ लाख २२ हजार रूपैयाँ रहेको छ । सहयोगीलाई प्राप्ति गरेपश्चात् सिटिजन्सको कुुल नाफा एक अर्ब १८ करोड ३५ लाख २७ हजार रूपैयाँ पुुग्नेछ । हाल सिटिजन्स बैंकको नाफा एक अर्ब नौ करोड १२ लाख ४५ हजार रूपैयाँ रहेको छ भने सहयोगीको खुद मुनाफा नौ करोड २२ लाख ८२ हजार रूपैयाँ रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया