शिक्षा विज्ञान प्रविधि क्षेत्रमा एक खर्ब ३५ अर्ब विनियोजन

शैक्षिक प्रमाणपत्र धितो राखी पाँच प्रतिशत ब्याजदरमा सात लाखसम्म ऋण

काठमाडौं, जेठ १५
सरकारले क्यासिनोको रोयल्टी वृद्धि गरेको छ । मंगलबार संघीय संसद्मार्फत सार्वजनिक गरिएको बजेट वक्तव्यका अनुसार अब क्यासिनोहरुले वार्षिक चार करोड र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको लागि वार्षिक एक करोड रुपैयाँ रोयल्टी तिर्नुपर्नेछ । चालू आवसम्म क्यासिनोको रोयल्टी तीन करोड र मिनी क्यासिनो अर्थात् आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको लागि वार्षिक ७५ लाख रुपैयाँ मात्र रोयल्टी दिनुपर्ने व्यवस्था थियो । 
यसैबीच, नेपालमा रहेका क्यासिनोहरुले कारोबार सञ्चालनको लागि नेपाल राष्ट्र बैंकबाट पनि अनुुमति लिनुुपर्ने भएको छ । राष्ट्र बैंकका अनुसार विदेशी विनिमय कारोबार गर्ने नियमित गर्ने ऐन २०१९ लाई संशोधन गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन परिपत्र जारी गरेको हो । 
परिपत्रअनुसार अबदेखि सबै क्यासिनोहरुले बैंकिङ प्रणाली प्रयोग गरी कारोबार सञ्चालन गर्नुुपर्नेछ । खेलाडीबाट क्यासिनो खेलका लागि आवश्यक रकम अमेरिकी डलर पाँच हजार वा सोबराबरको परिवत्र्य विदेशी मुुद्रा नगदै लिन सकिने परिपत्रमा उल्लेख छ । सोभन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गरेको हुुनुुपर्ने वा बैंकिङ प्रणालीमार्फत रकम प्राप्त गरेको हुुनुुपर्नेछ । यसका लागि क्यासिनोहरुले बैंक तथा फाइनान्स कम्पनीहरुसँग सम्झौता गरी क्यासिनो खेलाडीहरुको प्वाइन्ट अफ सेल्स (पीओएस)मार्फत विदेशी मुुद्रा प्राप्त गर्न सक्नेछन् । 
क्यासिनो खेलाडीबाट बैंकमा रकम जम्मा हुुँदा वा लिँदा नगद रसिदको प्रयोग गर्नुुपर्नेछ । यसैगरी परिपत्रमा उल्लेख भएअनुसार क्यासिनो कारोबारमा प्राप्त हुुने नगद विदेशी मुुद्राहरु भोलिपल्ट नै आफ्नो खाता रहेको बैंकमा जम्मा गरिसक्नुपर्नेछ । 
राष्ट्र बैंकका अनुसार भारतीय क्यासिनो खेलाडीहरुले पनि भारतीय मुुद्रामा छुुट्टै नै खाता खोल्नुुपर्ने छ । सो खातामा बैैंकिङ च्यानलमार्फत जम्मा हुुने भारतीय मुुद्रा जम्मा गर्नुुपर्ने र खेलाडीले बाजी जितेको हकमा सोही खाताबाट बैंकिङ च्यानल प्रयोग गरी भुक्तानी दिनुुपर्ने व्यवस्था गर्नुुपर्नेछ । यसरी भुक्तानी दिँदा क्यासिनो नियमावली २०७० को नियम २१ अनुुसार खेलाडीले एक पटकमा खेल्नसक्ने अधिकतम बाजीको सीमा (बेल लिमिट) भित्र रही त्यसैगरी नियम २२ मा खेलाडीले खेल्नको लागि खरिद गर्नसक्ने क्वाइन वा चिप्सको अधिकतम संख्या तथा मूल्यको सीमाभित्र रहेर कारोबार गर्नुुुुपर्नेछ । खेलाडीले रकम जम्मा गरेको भौचर, स्लिव र लिफ्टको आधिकारिक कागजपत्र काउन्टरमा पेस गरेपछि मात्र खेलाडीलाई सोहीअनुसारको नम्बर उल्लेख भएको क्वाइन वा चिप्स प्रदान गर्नुुपर्नेछ । राष्ट्र बैंकका अनुसार क्यासिनोले क्वाइन वा चिप्स वितरण गर्नुुअघि समय, रकम, विनिमय दर, क्यासिनोमा प्रवेश गरेको समय र क्वाइन र वा चिप्स नम्बर उल्लेख भएको रसिद समेत जारी गर्नुुपर्नेछ । क्वाइन वा चिप्स फिर्ता भएपछि उक्त क्वाइन वा चिप्स कुुन रसिदबाट जारी गरिएको हो, एकीन गरी सोही रसिदको रिफरेन्सका आधारमा जितेको रकम फिर्ता अर्र्थात् भुक्तानी दिनुुपर्नेछ । 
राष्ट्र बैंकका अनुसार क्यासिनोको भारतीय मुुद्रा खातामा भारु १० करोड तथा परिवत्र्य विदेशी मुुद्रा खातामा अमेरिकी डलर २० लाखसम्म अधिकतम मौज्दात राख्न सकिनेछ । सोभन्दा बढी रकम जम्मा भएपछि नेपाली मुुद्रा खातामा रकमान्तर गर्नुुपर्ने र जितेको रकम त्यही मौज्दातमा पठाउनुुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com