जिशिका अछामका प्रमुख सवार गाडीले किच्दा सात वर्षीय स्कुले बालक घाइते

अछाम, साउन २०
जिल्ला शिक्षा कार्यालय अछामका प्रमुख सवार गाडीले किचेर स्कुल जाँदै गरेका सात वर्षीय बालक घाइते भएका छन् । जिल्ला शिक्षा कार्यालय अछामका प्रमुख लक्ष्मण गिरी र विद्यामन्दिर माविका व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर शाही सवार गाडीले पञ्चदेवल विनायक नगरपालिका–३ का ७ वर्षीय सुनिल शाहीलाई स्कूल जाँदै गर्दा गाडीले किचेको हो । स्थानीय मालिका पब्लिक बोर्डिङ स्कूलमा नर्सरीमा अध्ययनरत बालकलाई बा.१झ ९३०५ नम्बरको गाडीले दुवै खुट्टा काम नलाग्ने गरी किचेको छ । स्कूले बालकलाई देख्दादेख्दै गाडीले किचेर भागेको भन्दै विद्यार्थी संघ संगठनले गिरी र शाहीलाई कारबाही गर्नुपर्ने माग राखेका छन् । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल क्रान्तिकारी अछामका अध्यक्ष रमेश बिसीले एक विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाहीसँगै घाइते बालकको उपचार गर्न माग गरेका छन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

जनतालाई भार नहोस् भनेर करको न्यून दर तोकेका छौं

नमूना गाउँपालिका बनाउने धेरै योजना छन् । पहिलो कुरा पालिकालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सम्पन्न बनउनुपर्दछ । त्यसका साथै भौतिक विकासमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलाई प्रमुखताका साथ अघि बढाएका छौं । जनतालाई आत्मनिर्भर तथा स्वरोजगार कार्यक्रमहरु सञ्चालनमा ल्याएकोले आगामी दुई/तीन वर्षभित्र पालिकाका सम्पूर्ण जनताको आधारभूत आवश्यकता पूरा हुनेछ । साथै आर्थिक अवस्था र जीवनशैलीमा परिवर्तन...

वंशलाल तामाङ अध्यक्ष, इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com