एक्सेल डेभलमेन्ट बैंकको नाफा १५ करोड ६६ लाख

काठमाण्डौं, साउन २१
एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७४/०७५ मा १५ करोड ६६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको भने बैंकको यस्तो मुनाफ १५ करोड चार लाख ४९ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँ रहेको बैंकले आव २०७४/०७५ मा पाँच अर्ब २३ करोड ५३ लाख ३६ हजार रुपैयाँ निक्षेप सङ्कलन गरी चार अर्ब २९ करोड ७५ लाख ८२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा ५२ करोड २७ लाख ६५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा ३३ करोड ८८ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । प्रोभिजन रकम तीन करोड ४८ लाख २४ हजार रुपैयाँ रहेको बैंकको निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ६२ प्रतिशत रहेको छ । गत आवमा भने बैंकले चार अर्ब ६२ करोड छ लाख ३३ हजार रुपैयाँ निक्षेप सङ्कलन गरी तीन अर्ब ८२ करोड १० लाख ३९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

जनतालाई भार नहोस् भनेर करको न्यून दर तोकेका छौं

नमूना गाउँपालिका बनाउने धेरै योजना छन् । पहिलो कुरा पालिकालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सम्पन्न बनउनुपर्दछ । त्यसका साथै भौतिक विकासमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलाई प्रमुखताका साथ अघि बढाएका छौं । जनतालाई आत्मनिर्भर तथा स्वरोजगार कार्यक्रमहरु सञ्चालनमा ल्याएकोले आगामी दुई/तीन वर्षभित्र पालिकाका सम्पूर्ण जनताको आधारभूत आवश्यकता पूरा हुनेछ । साथै आर्थिक अवस्था र जीवनशैलीमा परिवर्तन...

वंशलाल तामाङ अध्यक्ष, इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com