जालसाजी गरेर तामाकोशीको सेयर भराउँदै सिद्धार्थ बैंक चरीकोट

डम्बर चौलागाई
दोलखा, भदौ ३
विनो धितो कर्जा लगानी गर्ने प्रचार गरेर सिद्धार्थ बैंक चरीकोटले दोलखा जिल्लाका सोझासादा जनतामाथि जालसाजी गरी माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर भरेको खुलेको छ । स्थानीय सञ्चारमाध्यममा तामाकोशी आयोजनाको सेयर भर्न विना धितो ५० हजार कर्जा दिने भन्दै प्रचार गरेर प्रत्येक दोलखालीलाई जालसाजी गरी सेयर आवेदन संकलन गरेको पाइएको हो । बैंकले सेयर भर्न आउने दोलखाली सोझा नागरिकहरुबाट नगद पाँच हजार, चेकबुक र भरेको सेयरको अर्धकट्टी बन्धकी राखेर जालसाजी गरेको छ । धितोपत्र निष्काशन नियमावली २०६४ अनुसार आवेदन गरेको सेयरको अर्धकट्टी आवेदकले नै पाउनुपर्ने कानुन छ । प्रचलित ऐन, कानुन मिचेर आवेदकको अधिकार नै हनन हुने गरी सिद्धार्थ बैंंक चरीकोटले सेयर आवेदन संकलन गरेको हो । बैंकको उक्त शाखाका प्रबन्धक पेमछिरि शेर्पाले विना धितो ५० हजार कर्जा दिएपछि कर्जाको सुरक्षा, सर्भिस चार्ज र ब्याजको पैसा कटाउन पाँच हजार लिइएको बताउँदै त्यसलाई जालसाजी गरेको भन्न नमिल्ने जिकीर गरे । १० दिनअघि खाता खोलेका गौरीशंकर गाउँपालिकाका–५, सुरीका एक जनाले परिचय नखोल्ने शर्तमा भने, ‘चेक त परै जाओस्, खाता नम्बर समेत कति हो थाहा छैन ।’ स्थानीय सञ्चार माध्यममार्फत सूचना थाहा पाएपछि कर्जा लिएर तामाकोशीको सेयर भर्न लर्को लागेपछि बैंकले नयाँ खोलिएको खाताको चेकबुक नै दिएको छैन । उक्त शाखामा खाता खोलेका ९८ प्रतिशत ग्राहकले आफ्नो खाता नम्बर समेत कति हो थाहा पाउनसकेका छैनन् । सेयर आवेदन फारम भरेकाहरुले स्वीकृत आवेदनको अर्धकट्टी समेत पाएका छैनन् । यसबारे बुझ्दा शाखा प्रबन्धक शेर्पाले कामले नभ्याएको कारण चेकबुक दिन नसकिएको बताए । प्रबन्धक शेर्पाका अनुसार साढे छ सय नयाँ खाता खोलिएको छ । प्रत्येक खातावालाहरुसँग पाँच हजारको दरले रकम संकलन गरिँदा करिब ३३ लाख कर्जा सेवा शुल्क संकलन भएको छ । बचतमा चार प्रतिशत ब्याज दिएर कर्जामा १५ प्रतिशत ब्याज असुलीको लागि कागज गराइएको खुलेको हो । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com