भेनेजुयलामा नयाँ बैंक नोट जारी, बजारमा अन्योल

काराकास, भदौ ५
भेनेजुयलाका राष्ट्रपति निकोलास मादुरोले नयाँ बैंकनोट जारी गरेका छन् । अहिले सार्वजनिक गरिएको नयाँ नोटमा पछिल्ला पाँचवटा शून्य हटाइएको छ । मुलुकभित्रको व्यापार व्यवसाय तथा उपभोक्ताहरु नोटमा गरिएको यो नयाँ व्यवस्थाबाट सन्देहमा परेका छन् । ‘उपभोक्ता र निजी क्षेत्रमा केही दिन ठूलै भ्रम सिर्जना हुने देखियो,’ इकोएनालिटीकाका परामर्शदाता एस्ड्रुबाल ओलिभेरोसले भने, ‘यहाँ अहिले अराजक परिदृश्य छ ।’ गत शुक्रबार मदुरोले गरेको राष्ट्रव्यापी सम्बोधनमा उद्घाटित अरु उपायहरुमा न्यूनतम पारिश्रमिकमा ठूलै वृद्धि गरिने उल्लेख छ । यो वृद्धि यसै वर्षको पाँचौं हो । अहिलेकै अवस्थामा, महिनाको न्यूनतम ज्यालाले एक किलो मासु किन्न पनि पुग्दैछ । यसको मुख्य कारण नै बोलिभार (भेनेजुयलाको मुद्रा) मा गरिएको व्यापक अवमूल्यन र उच्चदरको मुद्रास्फीति हो । पूर्व बस ड्राइभर एवं युनियन नेता राष्ट्रपति मदुरोले मुलुकमा ‘वित्तीय अनुशासन’ कायम राख्न आवश्यक रहेको तथा पछिल्ला वर्षमा अति बढी गरिएको मुद्रा छपाईको कार्यलाई तत्काल रोक्नुपर्ने बताए । तर अर्थशास्त्रीहरुको भनाइमा यी क्रान्तिकारी कदमले परिस्थितिलाई अझ खराब बनाउनेछ ।

राजधानी काराकासमा स्थानीयबासीहरु नयाँ उपायका बारेमा संदेहमा परेका छन् । ‘सबै तौरतरिका पुरानै छ, मूल्य वृद्धि निरन्तर हुनेछ,’ सडकमा खाद्यपदार्थ बिक्री गर्ने ३९ वर्षीय ब्रुनो चोयले बताउनुभयो । अर्का ६७ वर्षीय एन्जेल एरिआसले नयाँ नोटलाई ‘झुठको खेती’ को संज्ञा दिए । मुलुकका तीनवटा मुख्य विपक्षी समूहहरु प्राइमेरो जस्टिसिया, भोलुन्टाड पपुलर र कउसा आरले सुधारको योजनालाई अस्वीकार गरेका छन् र यसका विरुद्ध मङ्गलबार प्रदर्शनमा उत्रन आह्वान गरेका छन् । भेनेजुयलाको नयाँ मुद्रा चलनचल्तीमा रहेको संदेहात्मक र बदनामी कमाएको मुद्रा (क्रिप्टोकरेन्सी) पेट्रोभन्दा सशक्त हुने सरकारको दाबी छ । एक पेट्रोको मूल्य बजारमा करिब ६० डलर छ, र यो भेनेजुयलाको एक ब्यारेल तेलको मूल्य बराबर हो । नयाँ मुद्रामा गणना गर्दा यो ३,६०० बोलिभार हुन्छ, र यसले पनि बोलिभारको अवमूल्यन व्यापक हुने देखिन्छ । तर, न्यूनतम ज्याला भने आधा पेट्रो (१८०० बोलिभार) तोकिएको छ । यो करिब २८ डलर हो । मदुरोका पूर्ववर्ती ह्युगो चाभेजले पनि सन् २००८ मा बोलिभार नोटबाट तीनवटा शून्य झिक्नु भएको थियो, तर त्यसले पनि उच्च मुद्रास्फीतिलाई रोक्न सकेको थिएन ।

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

जनतालाई भार नहोस् भनेर करको न्यून दर तोकेका छौं

नमूना गाउँपालिका बनाउने धेरै योजना छन् । पहिलो कुरा पालिकालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सम्पन्न बनउनुपर्दछ । त्यसका साथै भौतिक विकासमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलाई प्रमुखताका साथ अघि बढाएका छौं । जनतालाई आत्मनिर्भर तथा स्वरोजगार कार्यक्रमहरु सञ्चालनमा ल्याएकोले आगामी दुई/तीन वर्षभित्र पालिकाका सम्पूर्ण जनताको आधारभूत आवश्यकता पूरा हुनेछ । साथै आर्थिक अवस्था र जीवनशैलीमा परिवर्तन...

वंशलाल तामाङ अध्यक्ष, इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com