मेघा डेकोर एन्ड इन्टेरियर हाउसको नयाँ शोरुम बाँसबारीमा

काठमाण्डौं, भदौ ६
विभिन्न इन्टेरियर डिजाइन र सजावटका सामग्री उपलब्ध गराउने मेघा डेकोर एन्ड इन्टेरियर हाउसको नयाँ शोरुम बाँसबारीमा स्थापना भएको छ । उद्घोषक नरेश भट्टराई र सिनेकर्मी कृति भट्टराईले शोरुमको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा लायन्स डिष्ट्रिक्ट गभर्नर अनन्त भेटवाल र मेघा डेकोर एन्ड इन्टेरियर हाउसकी अध्यक्ष सविता प्याकुरेल र प्रबन्ध निर्देशक उपेन्द्र प्याकुरेल समेत संलग्न थिए । उक्त शोरुममा घरको आन्तरिक सजावटका लागि आवश्यक सम्पूर्ण सामग्री पाइन्छ । शोरुममार्फत बेड, दराज, मोड्युलर किचेन, सोफा, पार्केट, स्टिल फेब्रिकेसन, आल्मुनियम फेब्रिकेसन, फल्स सिलिङ, सिमेन्ट बोर्ड पार्टिसन, अफिस सेटअपलगायतका सबै सेवा उपलब्ध गराइन्छ । कोटेश्वरमा सन् २००९ मा स्थापना भएको मेघा वाटर ट्रिटमेन्टबाट व्यवसाय विस्तार हुँदै हाल मेघा डेकोर एन्ड इन्टेरियर हाउसको रुपमा दोस्रो शोरुम बाँसबारीमा स्थापना भएको हो । ग्राहकहरुलाई उच्च गुणस्तरीय सामग्री प्रदान गर्ने लक्ष्यका साथ यसको स्थापना गरिएको निर्देशक आयुष प्याकुरेलले बताए । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

जनतालाई भार नहोस् भनेर करको न्यून दर तोकेका छौं

नमूना गाउँपालिका बनाउने धेरै योजना छन् । पहिलो कुरा पालिकालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सम्पन्न बनउनुपर्दछ । त्यसका साथै भौतिक विकासमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलाई प्रमुखताका साथ अघि बढाएका छौं । जनतालाई आत्मनिर्भर तथा स्वरोजगार कार्यक्रमहरु सञ्चालनमा ल्याएकोले आगामी दुई/तीन वर्षभित्र पालिकाका सम्पूर्ण जनताको आधारभूत आवश्यकता पूरा हुनेछ । साथै आर्थिक अवस्था र जीवनशैलीमा परिवर्तन...

वंशलाल तामाङ अध्यक्ष, इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com