गण्डकी विकास बैंकको शाखा तुल्सीपुरमा

काठमाडौं, भदौ १०
गण्डकी विकास बैंकले दाङको तुलसीपुरमा पनि शाखा सञ्चालनमा ल्याएको छ । सो समेत गरी बैंकको कुल शाखा संख्या ७३ वटा पुगेको छ । बैंकले छिटै नै थप ४ वटा शाखाहरु सञ्चालनमा ल्याउने जानकारी प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताएका छन् । बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ दरमा कर्जा प्रवाह गर्नुको साथै एबीबीएस, एटीएम, सी—आस्बा, मोबाइल बैंकिङलगायतका सम्पूर्ण सेवाहरु उपलब्ध गराउनेछ । बैंकले आ.व. २०७४/०७५ मा सञ्चालन मुनाफा ७९ करोड ४० लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधिसम्म निक्षेप २३ अर्ब ५२ करोड र कर्जातर्फ २० अर्ब ०६ करोड पु-याएको छ । साथै बैंकको निष्क्रिय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ । 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com