नेपालको जलविद्युत्मा भियतनामी लगानीकर्ताको चासो

काठमाडौं, पुुस ६
भियतनामका लगानीकर्ताहरुले नेपालको जलविद्युत् परियोजनामा लगानी गर्न चासो दिएका छन् । थाइल्याण्ड र भियतनाम भ्रमणमा रहेको नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलसँग उनीहरुले नेपालको जलविद्युत् परियोजनामा लगानी गर्न चासो दिएका हुन् । नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले बिहीबार भियतनामको होचिमिंह सहरका निर्देशक तथा परराष्ट्र मामलासम्बन्धी प्रमुख माइ अन्ह थाइसँग शिष्टाचार भेटघाट गरेको थियो । उक्त सहरको कार्यालयमा भएको भेटमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल–भियतनाम सम्बन्ध र दुई–पक्षीय व्यापारको विषयमा आफ्ना धारणा राखेको थिए । विशेषगरी नेपालमा वैदेशिक लगानी प्रवद्र्धन गर्नलाई गरिएको भ्रमणमा भियतनामका लगानीकर्ताहरुले नेपालको जलविद्युत् परियोजनामा लगानी गर्न चासो देखाएको भियतनामबाट प्रतिनिधिमण्डलका सदस्य निरज राईले बताए । साथै सो भेटका क्रममा पर्यटन विकास, पूर्वाधार विकास, बैंकिङ सहकार्य तथा व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदानबारे छलफल गरिएको थियो ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

जनतालाई भार नहोस् भनेर करको न्यून दर तोकेका छौं

नमूना गाउँपालिका बनाउने धेरै योजना छन् । पहिलो कुरा पालिकालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सम्पन्न बनउनुपर्दछ । त्यसका साथै भौतिक विकासमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलाई प्रमुखताका साथ अघि बढाएका छौं । जनतालाई आत्मनिर्भर तथा स्वरोजगार कार्यक्रमहरु सञ्चालनमा ल्याएकोले आगामी दुई/तीन वर्षभित्र पालिकाका सम्पूर्ण जनताको आधारभूत आवश्यकता पूरा हुनेछ । साथै आर्थिक अवस्था र जीवनशैलीमा परिवर्तन...

वंशलाल तामाङ अध्यक्ष, इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com