सदर चिडियाखानामा ‘फिल्ड मार्सल सर जोन च्यापल शैक्षिक केन्द्र’

काठमाडौं, फागुन ८
जावलाखेलस्थित सदर चिडियाखानामा ‘फिल्ड मार्सल सर जोन च्यापल शैक्षिक केन्द्र’को उद्घाटन गरिएको छ । वन तथा वातावरणमन्त्री एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष शक्तिबहादुर बस्नेतले केन्द्रको एक कार्यक्रमका बीच मंगलबार उद्घाटन गरेका हुन् । आर्थिक वर्ष २०७४/०७५ मा ११ लाख ५९ हजार एक सय १४ जनाले सदर चिडियाखानाको अवलोकन गरेका छन् । विद्यालयमा अध्ययनरत बालबालिकाहरूमा संरक्षण शिक्षासम्बन्धी कार्यक्रम सञ्चालित गरिने सदस्यतामा आधारित कार्यक्रम ‘फ्रेन्ड्स अफ जू’मा हाल काठमाडौं उपत्यकाभित्रका १ सय २३ विद्यालयका ८० हजार विद्यार्थीहरू सदस्य भइसकेका छन् । यी तथ्यांकहरूलाई मध्यनजर गर्दै सदर चिडियाखानाले अन्तर्क्रियात्मक सञ्चार विधि, श्रव्य–दृश्य प्रणाली, जैविक तथ्यहरू (बायो फ्याक्ट्स), संरक्षित आखेटोपहार (नमूनाहरू)लगायतका विधिमा परिष्कृत गर्दै लगेको जनाएको छ ।

योसँगै अवलोकनकर्ताहरूको अनुभवलाई मात्र नबढाईकन, प्रभावकारी अनुसन्धान संयन्त्र पनि साबित भएको दाबी गरिएको छ । परियोजनाको बृहत् उद्देश्य बृहत् दर्शक/स्रोतसम्म जैविक तथ्य र सूचना केन्द्रमार्फत संरक्षण सूचनाहरू विस्तार गर्ने रहेको बताइएको छ । सदर चिडियाखानामा वन्यजन्तु जैविक तथ्य केन्द्र स्थापना गर्ने, विद्यार्थी, स्थानीय समुदाय र आगन्तुकहरूका लागि शैक्षिक श्रव्यदृश्य केन्द्र सञ्चालन गर्ने र केन्द्रीय चिडियाखाना ‘संरक्षण सूचना’का दस्ताबेजीकरणलाई सबल तुल्याउने उद्देश्य रहेका बताइएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले जारी संगठित व्यावसायिक उत्तरदायित्व रणनीतिअन्तर्गत आफ्ना पहलहरूको पहुँचलाई विविधीकरण गर्नका लागि स्थानीय समुदायसँग सहकार्य गर्दै आएको छ ।

बैंकले नेपालको एकमात्र चिडियाखानामा शैक्षिक श्रव्यदृश्य केन्द्र स्थापना गर्न स्वैच्छिक सहयोग गरेको छ । बैंकले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई ५० लाखको वित्तीय सहयोग उपलब्ध गराउने निर्णय गरेको हो । यसले केन्द्रीय चिडियाखानामा आगन्तुकहरूको सिकाइका अनुभव र समग्र वन्यजन्तुको व्यवस्थापनमा सुधार गर्ने बताइएको छ । कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले सर जोन च्यापल पनि सहभागी थिए । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. बी.एन. ओली, राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाको परियोजना व्यवस्थापक डा. चिरञ्जीवीप्रसाद पोखरेल तथा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलगायतका गन्यमान्य अतिथिहरूको उपस्थिति रहेको थियो । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com