जनताको कामभन्दा भ्रमणलाई प्राथमिकता

काठमाण्डौँ, फागुन ३०
स्थानीय तहमा लामो समयपछि जनताबाट चुनिएर आएका स्थानीय जनप्रतिनिधिद्वारा सेवाग्राहीको कामभन्दा विदेश भ्रमणलाई पहिलो प्राथमिकतामा राखेको पाइएको छ । पछिल्लो समयमा विभिन्न स्थानीय तहका प्रमुख÷उपप्रमुख र कर्मचारीहरुको ठूलो संख्यामा विभिन्न भ्रमण टोली बनाई विदेश घुम्न जानेको संख्यामा तीव्रता आएसँगै करोडौँ रुपैयाँ खर्च गरिएको प्रमाण फेला परेको छ । सय दिनमै काठमाडौं महानगरपालिकालाई उदाहरणीय बनाउने घोषणा गरेका मेयर विद्यासुन्दर शाक्य नेतृत्व स्थानीय सरकारले विकास निर्माणभन्दा पनि विदेश भ्रमणमा साढे तीन गुणा बढीले खर्च गरेको पाइएको छ ।

महानगरपालिकाका कर्मचारीको विदेश भ्रमण बजेट साढे तीन गुणाले वृद्धि भएको छ । आर्थिक वर्ष २०७१÷०७२ मा ३ लाख ४६ हजार एक सय १० रुपैयाँमात्र खर्च भएकोमा २०७४÷०७५ मा सो खर्च वृद्धि भई ११ लाख ९७ हजार पाँच सय आठरुपैयाँ पुगेको थियो । जुन खर्च तीन दशमलव ५६ गुणाले बढी भएको प्राप्त कागजातबाट खुलेको छ । महानगरपालिकाबाट खर्च बेहोर्ने गरी आर्थिक वर्ष २०७१÷०७२ देखि आर्थिक वर्ष २०७४÷०७५ सम्म कर्मचारीहरुले विदेश भ्रमणमा ३२ लाख ५५ हजार एक सय छरुपैयाँँ खर्च गरेका छन् । चार आर्थिक वर्षमा कार्यालय सम्बन्धित कामका लागि वैदेशिक भ्रमणमा ६१ पटक गएको रेकर्ड महानगरपालिकामा रहेको छ । जसमा ३९ पटक विदेश भ्रमणको खर्च महानगरपालिकाले बेहोरेको पाइएको छ । महानगरबाट उपलब्ध गराएको सूचनाअनुसार तत्कालीन पूर्वप्रशासकीय अधिकृत रुद्रमानसिंह तामाङले नौ पटक विदेश भ्रमण गरेको पाइएको छ । वित्त विभागका अनुसार तामाङको चार पटक खर्च महानगरपालिकाले बेहोरेको पाइएको छ ।

उनले चार पटकमा पाँच लाख २० हजार चार सय ४८ हजार रुपैयाँँ खर्च गरेका छन् । उनले आर्थिक वर्ष २०७१÷०७२ देखि आर्थिक वर्ष २०७३÷०७४ सम्म तीन वर्षको भ्रमणमा उक्त खर्च गरेका हुन् । महानगरका कर्मचारीहरु जनप्रतिनिधिसँग वैदेशिक भ्रमणमा जाने गरेका छन् । मेयर विद्यासुन्दर शाक्य र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले आर्थिक वर्ष २०७४÷०७५ मा इजरायल, स्पेन र दक्षिण कोरियाको भ्रमण गरेका छन् । तीन देश भ्रमण गर्दा छ लाख ५७ हजार आठ सय ४६ रुपैयाँँ महानगरले खर्च बेहोरेको छ । इजरायलमा ३२औं मेयर सम्मेलन, स्पेनमा द्विपक्षीय बैठक र दक्षिण कोरियामा एसिया प्यासिफिक सम्मेलनमा गएका थिए । यसैगरी, महानगरका निर्देशक नुरनिधि न्यौपानेले आर्थिक वर्ष २०७२÷०७३ मा क्यानडा र इजरायलको भ्रमण गर्दा तीन लाख ७० हजार छ सय २९ रुपैयाँ खर्च गरेको रेकर्ड महानगरपलिकामा रहेको छ । न्यौपानेले दक्षिण कोरिया र चीन पनि भ्रमण गरेका थिए । दक्षिण कोरिया र चीनमा सेमिनारमा गएको उल्लेख भए पनि क्यानडा र इजरायल के कामका लागि गएका थिए भन्ने उल्लेख छैन । यसबाट महानगरका कर्मचारी आफूखुसी विदेश भ्रमण गएको समेत प्रष्ट भएको छ र प्रशासन विभाग प्रमुख ज्ञानेन्द्र कार्कीले आर्थिक वर्ष २०७२÷०७३ मा दुई पटक विदेश भ्रमण गरेका छन् । उनले क्यानडा र जापान भ्रमण गर्दा ९२ हजार ३७ रुपैयाँ खर्च गरे । ०७२ माघमा चीनमा व्यापारिक सहयोग सम्मेलनमा गएका थिए । तर क्यानडा र जापान किन गएका थिए भन्ने काम खुलाइएको छैन । उनी तत्कालीन समयमा महानगरका प्रवक्ता थिए । कार्कीसँगैको टोली क्यानडा भ्रमणमा जाँदा निर्देशक नूरनिधि न्यौपाने र सहरी सुव्यवस्था विभागका प्रमुख हरिबहादुर कुँवर पनि सँगै गएका थिए ।

कर्मचारीले विदेश जानका लागि स्थानीय तहले निर्णय गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मनोनयन स्वीकृत गर्नुपर्छ । मनोनयन नभएको अवस्थामा सहमति नलिएको वा नदिएको देखिन्छ । त्यो बेला उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सहमति नलिईकन गएको भनेर मन्त्रालयले सचेत गराएको थियो । तीनजनाले क्यानडा भ्रमण गर्दा २ लाख ६४ हजार एक सय ९८ रुपैयाँ महानगरको बजेट खर्च गरेका थिए । नूरनिधि न्यौपानेले दुई लाख १५ हजार ६६ रुपैयाँ, ज्ञानेन्द्र कार्कीले ४५ हजार ६६ रुपैयाँ र हरिबहादुर कँुवरले चार हजार ६६ रुपैयाँ खर्च गरेका थिए ।भ्रमण खर्च (चौँथो संशोधन) नियमावली – २०७२ को निमय ३ मा भ्रमण आदेश वा निर्णयविना भ्रमण खर्च गर्न नहुने उल्लेख छ । तर सो नियमावलीको उल्लङ्घन गरी महानगरपालिकाका कर्मचारीहरु विदेशभ्रमणमा गएको पाइएको छ । २०७२ मंसिरमा रुद्रसिंह तामाङले श्रीलंकामा स्थानीय सरकार तथा मेयर फोरमको सेमिनारमा गएका बेला ८१ हजार सात सय ९३ रुपैयाँ खर्च गरेका थिए । यो खर्च महानगरले बेहोरेको छ । २०७२ मंसिर २३ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भ्रमणमा जानका लागि नेपाल सरकार तथा महानगरपालिकाको कुनै आर्थिक खर्च नहुने गरी सहभागिता सहमतिपत्र दिएको थियो । पत्रमा लेखिएअनुसार नेपाल सरकार (उपप्रधानमन्त्रीस्तर)को मिति २०७२ कात्तिक २२ को निर्णयबमोजिम नेपाल सरकार तथा स्थानीय निकायलाई कुनै आर्थिक दायित्व नपर्ने गरी सहभागी हुन सहमतिपत्र प्रदान गरिएको अनुरोध उल्लेख छ । आव २०७३÷२०७४ मा २० लाख अनुमानित बजेट विनियोजन गरेकामा आव २०७४÷२०७५ मा ह्वात्तै बढाएर एक करोड ६० लाख विनियोजन गरिएको छ । आव २०७३÷२०७४ मा १४ लाख ५० हजार रुपैयाँ खर्च भएको छ
वित्त विभागका अनुसार आव २०७४÷२०७५ असार मसान्तसम्म २१ लाख बजेट भ्रमण शीर्षकमा खर्च भएको पाइएको छ । आव २०७४÷०७५ को जेठसम्म १२ लाख ८१ हजार बढी खर्च गरेको छ ।

सो खर्च विवरण अझै बढ्दो रहेको छ । चालू आवका लागि एक करोड ६० लाख नै बजेट प्रक्षेपण गरिएको थियो । महानगरका जनप्रतिनिधि तथा कर्मचारीहरु भगिनी सम्बन्ध भएका देशका सहरहरु, महानगर सदस्य रहेका अन्तर्राष्ट्रिय संगठनहरुका कार्यक्रमहरुमा सहभागी हुन विदेश जाने गरेका छन् । कर्मचारी भ्रमणमा महानगरले आवश्यकताअनुसार खर्च व्यहोर्दै आएको छ । विदेश भ्रमणको लर्को र खर्चलाई हेर्ने हो भने महानगरवासीले अनुभव गर्ने गरी प्रभाव देखिँदैन ।बिकास बजेटलाई हेर्न हो भने यो खर्च कम भए पनि महानगरले आफ्नो खर्चमा जनप्रतिनिधि र कर्मचारीलाई विदेश पठाउँदै आएको छ । १० वर्षयताको रेकर्डलाई हेर्ने हो भने थुप्रै कर्मचारीका परिवार विदेशमा नै बस्दै आएका छन् । नेता र कर्मचारीबीच विदेश जानेमा होडै चलेको महानगरपालिका स्रोतले जनाएको छ । सरकारी कर्मचारीले विदेश यात्रामा गत दुई महिनामा मात्र करोडौँ रुपैयाँ बित्थामा खेर फालेको पाइएको छ । बितेका केहीमा मात्रै एक हजार पाँच सयभन्दाबढी कर्मचारी विदेश यात्रामा गएका र तिनले एक अर्ब रुपैयाँभन्दाबढी रकेम खर्च गरेको पाइएको छ । नेपालमा अर्थ, शिक्षा, स्वास्थ्य, वन, कृषिजस्ता विषयमा विदेशमा अध्ययन र भ्रमण गर्नेहरूको संख्या अरू क्षेत्रका अनुपातमा निकै बढी छ । ती मन्त्रालयसँग सम्बन्धित क्षेत्रमा सेवा र उपलब्धिको स्तर निरन्तर ह्रासोन्मुख छ भन्ने त सबैलाई थाहा नै छ । यसले पनि कर्मचारीको विदेश भ्रमणमा अर्बाैँ रूपैयाँ खर्चिनुको खासै औचित्य नरहेको स्पष्ट हुन्छ ।भत्ताकै लागि अनावश्यक विदेश भ्रमणमा जाने प्रवृत्ति रोकिएको छैन ।विदेश भ्रमणमा जाने अधिकजसो कर्मचारी सम्बन्धित देशमा रहेको नेपाली दूतावासमा बस्दै आएपनि भत्ता सरकारसँग लिने गरेका छन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com