एक सय ६४ वटा बैंक तथा फाइनान्स कम्पनीहरु मर्ज

अब बैंकहरुको शाखा पुुग्न बा“की स्थानीय तहको संख्या ४२ मात्र

काठमाण्डौ, चैत ६

नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याएपश्चात् एक सय ६४ वटा बैंक तथा फाइनान्स कम्पनीहरु मर्जर तथा प्राप्तिमा सामेल भएकाछन् । नेपाल राष्ट्र बैंकका मुुलुकको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी पछिल्लोे प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको सात महिनासम्ममा उक्त संख्यामा बैंक तथा फाइनान्स कम्पनीहरु मर्ज भएका हुुन् ।

यसरी ठूलो परिमाणमा बैंक तथा फाइनान्स कम्पनीहरु मर्जर तथा प्राप्तिमा सामेल हुुँदा एक सय २२ वटा बैंक तथा फाइनान्सको अनुुमति खारेज भई ४२ संस्था कायम भएका छन् । राष्ट्र बैंकले सात वटै प्रदेशका सात सय ५३ स्थानीय तहमध्ये चालू आवको माघ मसान्तसम्म सात सय ११ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएको जानकारी दिएको छ । सोही आधारमा अब वाणिज्य बैंकहरुको शाखा पुुग्न बाँकी रहेका स्थानीय तहको संख्यामा ४२ मात्र रहेको छ । सो मध्ये प्रदेश नम्बर १ मा एक सय ३७ स्थानीय तह रहेकोमा एक सय २९ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । प्रदेश नम्बर २ मा पनि एक सय ३६ स्थानीय तह रहेकोमा एक सय ३३ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । यसैगरी प्रदेश नम्बर ३ मा पनि एक सय १९ स्थानीय तह रहेकोमा एक सय १४ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ ।

प्रदेश नम्बर ४ अर्थात् गण्डकी प्रदेशमा पनि ८५ स्थानीय तह रहेकोमा ८२ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । प्रदेश नम्बर ५ मा भने एक सय नौ स्थानीय तह रहेकोमा एक सय सात तहमा बैंकहरुको शाखा पुुगेको छ । प्रदेश नम्बर ६ मा पनि ७९ स्थानीय तह रहेकोमा ६४ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । प्रदेश नम्बर ७ अर्थात् सुदूरपश्चिममा भने ८८ स्थानीय तह रहेकोमा ८२ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल संख्या २०७५ असार मसान्तसम्म एक सय ५१ वटा रहेकोमा २०७५ माघ मसान्तमा एक सय ५७ पुगेको छ । यसअनुसार २०७५ माघ मसान्तमा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ७२ लघुवित्त वित्तीय संस्थाहरु सञ्चालनमा रहेकाछन् ।

यसबीचमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल संख्या छ हजार छ सय ५१ वटा रहेकोमा २०७५ माघ मसान्तसम्म सात हजार सात सय ३१ वटा रहेकाछन् । सोमध्ये चालू आवको माघ मसान्तसम्म वाणिज्य बैंकहरुको कुुल शाखा संख्या तीन हजार दुुई सय ६६, विकास बैंकहरुको ११ सय ८१, फाइनान्स कम्पनीहरुको एक सय ९७ र लघुुवित्त वित्तीय संस्थाहरुको तीन हजार ८७ पुुगेको छ । २०७५ को असार मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या क्रमशः तीन हजार २३, नौ सय ९३, एक सय ८६ र दुुई हजार छ सय ५१ रहेको थियो ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com