स्थानीय जातका कुखुरा धमाधम मर्न थालेपछि कृषक चिन्तित

खेमराज अधिकारी
खोेटाङ, वैशाख १२
जिल्लाका अधिकांश कृषकहरुले पालेका स्थानीय जातका कुखुराहरु धमाधम मर्न थालेका छन् । खाएको नपच्ने, टाउको सुन्निने, सेतो छेर्ने, ख्यारख्यार गर्नेलगायतका लक्षण देखिने र एकपछि अर्कोमा यो रोग देखा परेर कृषककले पालेका कुखुराहरु मर्न थालेपछि कृषकहरु चिन्तित हुन थालेका छन् । फागुन लागेदेखि फैलिएको उक्त रोगका कारण जिल्लाका अधिकांश कृषकहरुले घरमा पालेका कुखुराहरु मर्न थालेपछि कतिपय कृषकहरुका कुखुराका खोर नै रित्तिएका छन् । जिल्लाका प्राय सबै स्थानीय तहका कृषकहरुले पालेका कुखुराहरुमा यो रोग महामारीको रुपमा देखिन थालेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा स्थानीयले पालेका अधिकांश कुखुराहरु मरिसकेको स्थानीयले बताएका छन् ।

घरमा पालिएका कुखुरा उक्त रोगले एकपछि अर्को मर्न थालेपछि तुरुन्त औषधि उपचार गराउँदासमेत औषधिले काम नगरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका खड्ग श्रेष्ठले बताए । नगरपालिकाकै वडा नम्बर ५ लफ्याङ दोरुङकी कृषक रेखा राईका अनुसार उनका पनि यस्तै लक्षण देखिने बिरामीले सबै कुखुरा मरेका छन् । त्यस्तै जिल्लाको उत्तरी क्षेत्रको केपिलासगढी गाउँपालिकाको बाक्सिला बजार आसपासमामा पनि डेढ महिनादेखि फैलिएको कुखुराको यस्तो प्रकारको महामारीले सयौं कुखुरा मरिसकेको स्थानीयले बताएका छन् । घरमा पालिएका कुखुराहरु मर्न थालेपछि औषधि उपचारको खोजीमा जिल्लामा सञ्चालित विभिन्न औषधि पसलमा कृषकहरुको भिड लाग्ने गरेको स्थानीय व्यापारीहरुले बताएका छन् ।

‘पहिले वर्षमा दुई/चार जना कुखुराको औषधि खोज्दै आउँथे, फागुन पछाडि कुखुराको औषधि खोज्न दैनिक सयौंको संख्यामा कृषकहरु आउने गरेका छन्’ दिक्तेल बजारमा भेट फर्मा सञ्चानल गर्ने एक व्यापारीले बताए । जिल्लाका अधिकांश स्थानमा मासुका लागि ब्रोइलर, गिरिराज र अन्डाको लागि लेयर्स कुखुरा व्यावसायिक रुपमा पालिएका छन् । यस्ता जातका कुखुराहरुमा भने हालसम्म कुनै पनि प्रकारको रोग देखा नपरेको व्यवसायीहरुले बताएका छन् । स्थानीय जातका कुखुराहरुमा देखा परेको समस्याका बारेमा हालसम्म कुनै पनि गुनाासो नआएको नगरपालिकाको पशु शाखाले बताएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

जनतालाई भार नहोस् भनेर करको न्यून दर तोकेका छौं

नमूना गाउँपालिका बनाउने धेरै योजना छन् । पहिलो कुरा पालिकालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सम्पन्न बनउनुपर्दछ । त्यसका साथै भौतिक विकासमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलाई प्रमुखताका साथ अघि बढाएका छौं । जनतालाई आत्मनिर्भर तथा स्वरोजगार कार्यक्रमहरु सञ्चालनमा ल्याएकोले आगामी दुई/तीन वर्षभित्र पालिकाका सम्पूर्ण जनताको आधारभूत आवश्यकता पूरा हुनेछ । साथै आर्थिक अवस्था र जीवनशैलीमा परिवर्तन...

वंशलाल तामाङ अध्यक्ष, इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com