थामी समुदायको मुख्य आर्थिक स्रोत कृषि

सुबास बस्नेत
दोलखा, वैशाख १७
थामी बस्तीको बाहुल्य रहेको दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ सुन्द्रावतीका थामी समुदायको मुख्य आर्थिक स्रोत नै कृषि पेसा रहेको छ । पछिल्लो समय यस ठाउँका करिब छ सय ५० घर परिवारले वडाबाट पाउने सुविधा र अनुदानलाई कृषिमा लगानी गर्दै व्यावासायिक रुपमा नै कृषिमा आबद्ध बन्न थालेका छन् । सुन्द्रावतीका थामी समुदाय अहिले आधुनिक कृषि पेसामा लगनशील बनेर नगदे खेती र पशुपालन गर्न थालेका छन् ।

गत वर्षदेखि गाउँपालिकाले सुन्द्रावतीवासीका लागि भैंसीपालन कृषकका लागि आर्थिक अनुदान दिन सुरु गरेको छ । यो वर्ष पनि नौ जना भैंसी तथा गाई पालक कृषकलाई ७५ हजारका दरले अनुदान दिएको वडा अध्यक्ष रामप्रसाद मैनाली जानकारी दिए । सुन्द्रावतीका थामी र अन्य समुदाय गाई भैंसीपालक कृषकले उत्पादन गरेको दुध खपत गर्न समस्या नहोस् भनेर वडाको पहलमा सुन्द्रावतीको कटुवाचोर बजारमा दुध तथा तरकारी सङ्कलन केन्द्र स्थापना गरेको छ ।

अहिले सुन्द्रावतीको कटुवाचोर बजारमा रहेको दुध सङ्कलन केन्द्रमा सोही ठाउँका गाई तथा भैंसीपालक कृषकले दैनिक दुई सय लिटर दुध सङ्कलन गर्दै आएका छन् । सुन्द्रावती डेरी सङ्कलन भएको दुध जिल्लाको दोलखा दुध डेरीमा भन्दा १० रुपैयाँ सस्तोमा बिक्री हुँदै आएको स्थानीय सुन्द्रावती निवासी गणेश थामीले बताए ।

सुन्द्रावतीका कृषकले मासिक दुईदेखि तीन लाखसम्मको दुध र तरकारी उत्पादन गर्दै आएका छन् ।उत्पादन गरेको दुध र तरकारी व्यवसायबाट घरायसी खर्च टार्नेदेखि आर्थिक अवस्था मजबुद बनाउन सफल भएको वडा अध्यक्ष रामप्रसाद मैनालीले बताए । थामी समुदाय मुख्यगरी दोलखाको उतरी क्षेत्र कालिञ्चोक गाउँपालिकाको सुन्द्रावती, लापिलाङ लामिडाँडालगायत ठाउँमा मुख्य बसोबास गरिरहेका छन् ।

 

त्यस्तै ०७२ मा गएको भूकम्पबाट करिब सात सय भूकम्पपीडित थामी समुदाय र चार सय अन्य जातिका भूकम्पपीडितले पनि आफ्नो घरको पुनर्निर्माण करिब अन्तिम चरणमा पुगेको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ सुन्द्रावतीका वडा अध्यक्ष रामप्रसाद मैनाली बताए । सिँगो सुन्द्रावतीमा ११ सय घर परिवार लाभग्राही सूचीमा परेका थिए । भूकम्प गएको चार वर्ष पुग्दा वडाका भूकम्पपीडितले पनि आफ्नो घर बनाइसकेर नौ सय २० परिवारले तेस्रो पटक पाउने अनुदान पनि बुझिसकेका छन् । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com