२१ लाख खर्च गरेर प्रथम सहकारी सम्मेलन हँदै

सुबास बस्नेत
दोलखा, वैशाख २०
दोलखामा बृहत् सहकारी सम्मेलनको आयोजना गरिने भएको छ । भेलालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सहकारीहरूको छाता संस्था जिल्ला सहकारी संघ दोलखा र दोलखा बचत तथा ऋण सहकारी संघको संयुक्त आयोजनामा वैशाख २७ र २८ गते सहकारी सम्मलेन हुने भएको हो । उक्त सहकारी सम्मेलनमा २१ लाख खर्च हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । सहकारीको प्रमुख थलो पूर्वी जिल्ला दोलखामा पहिलो पटक सहकारी अभियानको ‘आगामी कार्य दिशा, आर्थिक रुपान्तरणका लागि उद्यमशीलता’ भन्ने मूल नाराका साथ बृहत् सहकारी सम्मेलन हुने आयोजकले बताएपनि कार्यक्रमका लागि मात्रै २१ लाख खर्च गर्ने कुराको आलोचना हुन थालेको छ ।

समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन राष्ट्रिय लक्ष्यलाई स्थानीय सहकारीहरुको पहलमा योगदान गर्नका लागि सहकारीको समग्र संस्थागत विकासका साथै उद्यमशीलतामार्फत आर्थिक रुपान्तरणको दीर्घकालीन कार्यदिशा निर्धारण गर्ने मुख्य उद्देश्यले दोलखा जिल्लामा सहकारी सम्मेलन गर्न लागिएको सहकारी सम्मेलन मूल आयोजक समितिका संयोजक हेमन्त चौलागाईंले दाबी गरेका छन् । सहकारी सम्मेलनमा विभिन्न क्षेत्रका करिब १ सय ७७ ओटा सहकारी सहभागी गराउने भन्दै उनीहरुलाई जबरजस्ती सम्मेलनमा लाग्ने खर्च दिन पत्र काटिएको सहकारीहरूले दुःखेसो गरेका छन् । कार्यक्रममा सहकारी संस्था तथा संघहरु, स्थानीय सरकार, प्रदेश तथा संघीय सरकार, वित्तीय संस्था, सहकारी उद्यमशीलता सम्बद्ध गैरसरकारी तथा निजी संस्थाहरु गरी सहकारीसम्बन्धी जानकार करिब चार सय जनाको सहभागिता रहने मूल आयोजक समितिले जानकारी गराएको छ । आयोजकले सहकारी संस्थाहरुसंग पाँच हजार रुपैयाँ देखी छ लाख रुपैयाँसम्म सहयोग गर्न पत्रचार गरेको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com