रासायनिक मलको बढी प्रयोगले माटोमा अम्लीयपना बढ्दै

सिन्धुली, वैशाख २२
सिन्धुलीका अधिकांश खेतीयोग्य जमिनमा रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा अम्लीयपना बढ्दै गएको छ । कृषकले रासायनिक मललाई प्रांगारिक मलको रुपमा प्रयोग गर्दा माटोमा अम्लीयपना बढेको हो । कृषि ज्ञान केन्द्र सिन्धुलीले विभिन्न स्थानमा घुम्ती माटो परीक्षण ल्याबबाट माटो परीक्षण गरेको थियो । जिल्लामा सञ्चालनमा रहेका पकेट ब्लक कार्यक्रमअन्तर्गत माटो परीक्षण गरिएको कृषि ज्ञान केन्द्र सिन्धुलीका कृषिप्रसार अधिकृत विजय मण्डलले जानकारी दिए । सिन्धुलीको दूधौली नगरपालिकाको अरुण ठाकुर आमबोटे, हरिहरपुरगढी गाउँपालिकाको चैनपुर, क्यानेश्वरलगायतका स्थानमा माटो परीक्षण गरिएको उनले जानकारी दिए ।

माटो परीक्षण गर्दा माटोमा अम्लीयपनापना बढेको पाइएको उनको भनाइ छ । आम्बोटेमा १०६, अरुणठाकुरमा १२० र हरिहरपुरगढी गाउँपालिकामा ८५ वटा स्थानको खेतीयोग्य जमीनको माटो परीक्षण गरिएको थियो । परीक्षणमा माटो अम्लीयपना, नाइट्रोजन, फोसफोरस र पोटासको अवस्थाबारे बुझन पनि माटो परीक्षण गरिएको उनले जानकारी दिए । ‘‘माटोमा नाइट्रोजन र फसफोरस कमी भएमा उत्पादन वृद्धि नहुने, पोटासको मात्रा कमी भएमा बालीको रोग प्रतिरोधात्मक क्षमता नहुने भएकाले यसकाबारे परीक्षण गरी किसानलाई जानकारी गराई माटोको उर्वरा शक्ति बढाउन माटो परीक्षण गरेका हौँ’’, उनले भने ।
माटो परीक्षणमा १४ पिएचमानसम्म परीक्षण हुने र ६.५ भन्दा कमी पिएचमान आएको माटोमा अम्लीयपनापना हुने र ७.५ भन्दा बढी पिएचमान आएमा उक्त माटोमा क्षारिय हुने कृषि प्रसार अधिकृत मण्डलको भनाइ छ । अम्लीयपना वा क्षारिय दुबै भएको माटोमा उब्जनी कमी हुने र तटस्थ माटोमा भने उब्जनी राम्रो हुने केन्द्रले जनाएको छ ।

माटो परीक्षण गर्दा महाभारत क्षेत्रको माटोमा अम्लीयपना नपाइएको र उत्पादनका हिसाबले पकेटक्षेत्र मानिएको दूधौली, कमलाखोच र मरिण क्षेत्रमा भने माटोमा अम्लीयपना भएको पाइएको छ । किसानले रासायनिक मलको बढी प्रयोग गर्नु तथा सन्तुलित मात्रामा प्रयोग नगर्नु नै माटोमा अम्लीयपना हुने मुख्य कारण रहेको भन्दै जथाभावी रासायनिक मलको प्रयोग नगर्न केन्द्रले किसानलाई आग्रह गरेको छ । माटो परीक्षण गर्न नसक्ने ग्रामीण क्षेत्रका किसानले माटोमा अम्लीयपना भएको शंका लागेमा प्रतिकठ्ठा १० किलो कृषि चुन प्रयोग गर्नसक्ने केन्द्रले जनाएको छ । किसानले कृषिचुन प्रयोग गर्दा कृषि चुन छर्ने र जमीन जोत्नुपर्ने हुन्छ । यसरी कृषि चुन प्रयोग गरी जोतेको जग्गामा एक महीनासम्म कुनै पनि बाली लगाउन नहुने कार्यालयले जनाएको छ ।

कृषि चुनले माटोलाई कुनै हानी नगर्ने भएकाले हरेक चार/पाँच वर्षमा माटो परीक्षण गरी कृषि चुन प्रयोग गर्नुपर्ने केन्द्रको किसानलाई सल्लाह रहेको छ । नेपाल सरकारको सहयोगमा माटो परीक्षण गर्ने उपकरण कृषि ज्ञान केन्द्रमा आइसकेको भए पनि प्राविधिक नहुँदा किसानले माटो परीक्षण समयमा नै गर्न सकेका छैनन् ।संघीयता र कर्मचारी समायोजनले भएका प्राविधिक सरुवा भएर जाँदा प्रयोगशाला प्रभावित भएको छ । जिल्लाको महाभारत क्षेत्रमा अझै प्राङ्गारिक मलको प्रयोग गर्दै आए पनि अन्य स्थानमा प्राङ्गारिक मलको प्रयोग नभई रासायनिक मलको मात्र प्रयोग हुँदा माटोमा अम्लीयपना भएको भन्दै कृषि प्राविधिकको सल्लाहमा रासायनिक मलको प्रयोग गर्न केन्द्रले आग्रह गरेको छ । कृषि चुनको प्रयोगले पनि माटोमा अम्लीयपना नहटेमा माटो नै कटान गरी फाल्नुपर्ने कृषि प्राविधिकहरुले बताएका छन् । 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com