दुई जना नर्स अनशनमा

काठमाडौं, वैशाख २९
काम र अनुभव हेरेर बढुवा गर्नुपर्ने, आफ्ना मान्छेलाई छानेर राख्नुभन्दा काम गर्दै आएकालाई प्रोत्साहन गर्नुपर्ने, जोखिम भत्ता प्रदान गर्नुपर्नेजस्ता माग राखेर आन्दोलनमा होमिएका भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण केन्द्र)का नर्सहरुको मागमा ऐक्यबद्धता जनाउन दुई जना नर्स अनशन बसेका छन् । केन्द्रको नर्सहरुको समर्थनमा शुक्रबारदेखि पोखराकी नर्स जिता बराल र डिकी शेर्पा अनसन बसेकी हुन् । बराल लाजिम्पाटस्थित नर्सिङ संघको भवनमा र शेर्पा मानव अंग प्रत्यारोपण केन्द्रमै अनशन बसेकी छिन् । अन्यायमा परेका नर्सहरुको मागलाई समर्थन गर्न आफूहरुले साथ दिएको उनीहरुले बताएका छन् । आन्दोलनरत नर्सहरुले गत शुक्रबार स्वास्थ्य मन्त्रालयमा केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठलाई घेराउ गरी समस्या समाधानको पहल गर्न आग्रह गरेका थिए । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com