३ घण्टाको हवाइयात्रालाई स्पाइस जेटले १५ घण्टा लगाएपछि

 

नयाँ दिल्ली, वैशाख २९
भारतको एक एयरलाइन्स कम्पनीले ३ घण्टाको हवाइ यात्रा पूरा गर्न १५ घण्टा लगाएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार स्पाइसजेटले शुक्रबार ब्यांगलोरबाट नयाँ दिल्लीको ३ घण्टाको गन्तव्य पूरा गर्न १५ घण्टाको समय लगाएको हो । कम्पनीको एसजी ८७२० उडानको क्रममा यस्तो घटना भएको हो । सुनिश्चित समयतालिकाभन्दा डेढ घण्टा ढिलो गरी उडेको विमानमा एक समस्या आएपछि नागपुर डाइभर्ट गरिएको थियो । यात्रुलाई उद्धृत गर्दै नवभारत टाइम्सले लेखेको समाचार अनुसार कम्पनीको बोइङ ७३७ विमान त्यसपछि रातभर बन्द राखिएको थियो । यस क्रममा वैकल्पिक विमानले समेत यात्रुलाई लिएर उडेन ।

ब्यांगलोरबाट उडेको १ घण्टामा उक्त विमान नागपुरमा अवतरण भयो । अवतरणपछि ६ घण्टासम्म यात्रुलाई विमानभित्रै राखिएको थियो । त्यसपछि पुनः एयरपोर्टभित्र चार घण्टा कुराइयो । त्यसपछि शनिबार बिहान १० बजेमात्रै यात्रुलाई नयाँ विमानमा राखिएको थियो तर उक्त विमानमा पनि यात्रुहरु डेढ घण्टासम्म बस्नुप-यो । त्यसपछि पनि विमान नउडेको एक यात्रुले बताए । ब्यांगलोरबाट नयाँ दिल्ली सिधा उडान हो भने यो दूरीमा विमानलाई ३ घण्टा लाग्छ ।

यसैबीच, कम्पनीका प्रवक्ताले भने उक्त घटनाको बचाउ गरेका छन् । प्राविधिक समस्याको कारण विमान डाइभर्ट गर्नुपरेको उनले बताए । यात्रुहरुले बढी समय पर्खिनुपरेको विषयलाई भने उनले उनीहरुलाई रिफ्रेस हुन पर्याप्त समय दिइएको रुपमा व्याख्या गरेका थिए । त्यस्तै कम्पनीले नागपुरमा विमानभित्रै यात्रुलाई लामो समयसम्म राख्नुपरेकोमा समेत स्पष्टीकरण दिएको छ । उसले नागपुर विमानस्थल कम्पनीको अफलाइन स्टेसन भएकाले यस्तो भएको बताएको छ । वैकल्पिक विमानको व्यवस्था गर्न समेत आफ्ना कर्मचारी नभएकाले समय लागेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com