आज १६ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिक्री

काठमाडौं, वैशाख ३०
नेपाल राष्ट्र बैंकले वैशाख ३० गते अर्थात् आज सोमबार १६ अर्ब ५३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार बोलकबोलका माध्यमद्वारा उक्त परिमाणमा ट्रेजरी बिक्री गर्न लागिएको हो । बोलकबोलको माध्यमद्वारा बिक्री गरिने उक्त ट्रेजरी खरिद लागि आज अपराह्न तीन बजेसम्म नेपाल राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागमा आवेदन दिनुुपर्नेछ । राष्ट्र बैंकका अनुुसार बिक्री गरिने कुुल ट्रेजरीमध्ये ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँबराबरको रहेको छ । सो मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि वि.सं. २०७६ साउन २८ गते, एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि वि.सं. २०७६ कात्तिक २६ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि वि.सं. २०७७ वैशाख ३० गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसअघि यही वैशाख २३ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको एक अर्ब ९१ करोड र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । राष्ट्र बैंकले गत साता मात्र आगामी असार मसान्तसम्म ८६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने योजना सार्वजनिक गरेको थियो । सोहीअनुुरुप ३६ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल र ५० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र जारी गर्ने योजना रहेको छ । सोही आधारमा पहिलो चरणमा यही वैशाख ३० गतेदेखि जेठ १४ गतेसम्म ३६ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने पूर्वयोजनाअनुुरुप राष्ट्र बैंकले आज १६ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com