निर्माण सम्पन्न हुन लागेको पुलमा मेयरले चलाए डोजर

भक्तपुर, वैशाख ३०
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ४ बालकोट र मध्यपुरथिमि नगरपालिका वडा नं. ४ शंखधरचोक जोड्ने हनुमन्ते खोलाको नयाँ पुलमाथि मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठले डोजर चलाएर भत्काइदिएपछि पुल निर्माण कार्य अलपत्र परेको छ । जिल्ला विकास समितिको मातहतमा रहेर ३ नं. प्रदेश भौतिक पूर्वाधार कार्यालय धुलिखेलअन्तर्गत स्थानीय सडक पुल सहयोग इकाइ ललितपुरको प्राविधिक सहयोगमा कुल दुई करोडको लागतमा २०७२ साल वैशाखदेखि भण्डारी थोटुङ/श्यामबाबु जेबी कम्पनीले निर्माण सुरु गरेको यो पुल अन्तिम चरणको काम सम्पन्न गर्दैगर्दा नगर प्रमुख आफैँले पुल भत्काइदिएका हुन् ।

ढलान गर्न तयारी अवस्थामा राखेको डण्डी र बेसहरु डोजर लगाएर खोलामा खसालिएको छ । नगर प्रमुखले निर्माण कम्पनी, जिल्ला समन्वय समिति वा भौतिक पूर्वाधार कार्यालय कोहीसँग पनि समन्वय वा त्यसबारे जानकारी नगराई आफैँले डोजर लगेर भत्काइदिदा पुल निर्माण कार्य नै अलपत्र परेको भण्डारी थोटुङ/श्यामबाबु जेबी कम्पनीका सञ्चालक गणेश कार्कीले बताए । नगरपालिकाका मेयर सुन्दर श्रेष्ठले भने निर्माण कम्पनीले मापदण्ड र नियमविपरीत पुल बनाएको र स्लोभ ढलान गर्न सकिनेमा त्यसो नगरी स्थानीयको विरोधको बाबजुद पनि बस्तीलाई नै जोखिम हुनेगरी मापदण्ड मिचेर काम गरेपछि बेस इन्जिनियरसहितको टोलीले अनुगमन गर्दा गलत देखिएकाले भत्काइदिएको बताए । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com