विज्ञान र प्रविधिको अपरिहार्यता

के. बी.बस्नेत
आज पश्चिमी बौद्धिक कुशलताले भौतिक तत्वको ज्ञान एवं विचार विश्लेषणले सफलता पाएको देखिन्छ । यसरी मानव चेतना तथा जिज्ञासाको परिणामस्वरुप विज्ञानको विकास हुनथालेको हो । आज विज्ञानको विकासले भौतिक युगको सृजना र भोगविलासको स्रोतसाधनमा सम्पन्नता भई रोमाञ्चकारिताको संसारमा हामी जीवन गुजारिरहेका छौँ । विज्ञान र प्रविधिको विकासले गर्दा यातायात, सञ्चार, विभिन्न व्यवसाय, उत्पादन, उपभोग र वितरणको क्षेत्रमा निकै परिवर्तन आएको छ । वास्तवमा हाम्रो दैनिक आवश्यकताको परिपूर्तिमा जुन सहज र सुगम स्थिति विद्यमान छ, त्यसको लेखाजोखा गरेमा निःसन्देह पनि विज्ञान र प्रविधिलाई वरदानको रुपमा अंगीकार गर्नु अत्युक्ति नहोला । परन्तु आज विभिन्न देशहरुमा विज्ञानलाई रचनात्मक कार्यहरुको सट्टा ध्वंसात्मक कार्यहरुमा परिचालन गर्न थालिएकोले यी देशहरुको विभिन्न क्षेत्रहरुमा नकारात्मक असर पर्न गएको कुरा सर्वविदितै छ ।

वस्तुतः केही विकसित राष्ट्रहरुले विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि अधिकांश देशहरु यस क्षेत्रमा निकै पछाडि परेका छन् । यी देशहरु विज्ञान र प्रविधिको क्षेत्रमा पछाडि पर्नाका प्रमुख कारणहरुमध्ये गरिबी र दक्ष जनशक्तिको कमीलाई विशेष मान्न सकिन्छ । नेपाल आजसम्म पनि विज्ञान र प्रविधिको क्षेत्रमा निकै पछि परेको छ । हुन त विज्ञान र प्रविधिको विकास गर्ने उद्देश्यले यहाँ विगत केही दशकयता विज्ञान र प्रविधिको विकासमा केही जोड दिन थालिएको छ । तर हालसम्म पनि यी संस्थाहरुले यहाँको आवश्यकताअनुरुप काम गर्न सकेका छैनन् । जसको फलस्वरुप यहाँका विभिन्न क्षेत्रहरुमा आजसम्म पनि ठोस प्रगति हुनसकेको छैन ।

आज नेपालमा तीव्र जनसंख्या वृद्धिको कारणले विभिन्न क्षेत्रमा विभिन्न समस्याहरु विद्यमान छन् । एकतर्फ खाद्यान्नको कमी एवम् कमजोर व्यवस्थापनको कारणले भोकमरीको समस्या दिनप्रतिदिन जटिल हुँदै गएको छ भने अर्काेतर्फ बेरोजगारीको समस्या तीव्र गतिले बढिरहेको छ । यहाँ विज्ञान र प्रविधिको ठोस विकास गर्न सकेमा उपयुक्त समस्याहरु न्यून गर्न ठूलो सघाउ पुग्न सक्छ । यही कारणले गर्दा आज विश्वका धेरै राष्ट्रहरुमा विज्ञान र प्रविधिको विकासमा विशेष ध्यानाकृष्ट हुनथालेको छ । तर नेपालमा आजसम्म पनि सम्बन्धित क्षेत्रबाट विज्ञान र प्रविधिको विकासमा खास ध्यान पु-याउन सकेको देखिँदैन र विद्यार्थीहरुले पनि यसतर्फ खासै ध्यान दिएको देखिँदैन ।

वास्तवमा भन्ने हो भने विभिन्न कठिनाइहरुको बाबजुद वर्तमान समयमा नेपालले विकसित राष्ट्रहरुको जस्तो जटिल प्रविधिको विकास गर्न सक्दैन । त्यसैले यसले परम्परागत प्रविधिको विकासमा जोड दिई विभिन्न क्षेत्रमा अग्रसर हुन नितान्त आवश्यक छ । यसो गर्न सकेमापनिहालयहाँविद्यमानगाँस, वास र कपास र समस्याको समाधान केही मात्रामा भए पनि हुनसक्छ । तर विगतको सरकारले यसतर्फ खास ध्यानाकृष्ट गर्न र गराउन सकेन । फलतः यहाँ विज्ञानको क्षेत्रमा कुनै ठोस उपलब्धि गर्न सकिएन ।

नेपालमा प्रचुर मात्रामा विभिन्न किसिमका स्रोत तथा साधनहरु भए पनि यिनीहरुको राम्ररी परिचालन गर्न सकिएको छैन । यसले विगत धेरै वर्षदेखि हालसम्म पनि हामी धेरैजसो चीजहरुको लागि अन्य देशहरुमा भर पर्नुपरेको छ । यति मात्र होइन, व्यापारघाटा बढ्नाले यहाँको अर्थतन्त्रमा नकारात्मक असर परेको छ । अत : परम्परागत प्रविधिको विकास गरी स्थानीय स्रोत तथा साधनहरुको अधिकतम परिचालन गर्नसके यहाँको अर्थतन्त्र सबल बनाउन ठूलो सघाउ पुग्न सक्ने कुरा नकार्न सकिँदैन । यसको लागि प्रत्येक वर्ष स्थानीय स्रोत तथा साधनहरुको परिचालनमा केही धनराशी छुट्याउन धेरै आवश्यक छ । यसको साथसाथै स्थानीय स्रोतसाधनहरु परिचालन गरी योगदान पु-याउने व्यक्ति तथा संस्थाहरुलाई पुरस्कार प्रदान गर्ने व्यवस्था हुनुपर्छ । यस्तो परिपाटीको जग बसाल्न सकियो भने नेपालमा विज्ञान तथा प्रविधिको विकासमा नयाँ आयाम थपिने अपेक्षा गर्न सकिन्छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुआयामिक र बहुसांस्कृतिक विशेषतायुक्त देश हो । प्राकृतिक छटा र सुन्दरताका कारण पर्यटनको क्षेत्रमा काम गर्ने विभिन्न विश्वविख्यात पत्रपत्रिका तथा संस्थाहरुले यो देशलाई उत्कृष्ट गन्तव्यस्थलको रुपमा समावेश गरेका छन् । तर, आवश्यक पूर्वाधारको कमी र सरकारको यथोचित ध्यान पुग्न नसक्नाले यहाँ आजसम्म पनि पर्यटकहरुको आगमन सन्तोषजनक रुपबाट हुन सकेको छैन । सांस्कृतिक विविधता, भौगोलिक पर्यावरण र अतिथि सत्कार गर्ने परम्पराको कारण नेपाल पर्यटकहरुको रोजाइमा सधैं नै परेको छ । तर पर्यटन उद्योगको धेरै सम्भावना भए पनि यहाँ उक्त उद्योगबाट अपेक्षित फाइदा लिन सकेको छैन । यो खास गरेर विगतका सरकारहरुको कमिकमजोरीले नै गर्दा हो भन्न सकिन्छ ।

आज विज्ञान र प्रविधिको विकासले विश्व नै एउटा सानो गाउँको रुपमा परिणत हुँदैछ । तर नेपालमा आजसम्म पनि उक्त क्षेत्रको ठोस विकास हुन सकेको छैन । वास्तवमा यहाँ पनि विज्ञान र प्रविधिको विकास गरी विद्यमान राष्ट्रिय सम्पदालाई विश्वसमक्ष प्रस्तुत गरेर विश्वपर्यटन बजारबाट अत्यधिक फाइदालिन सकिन्छ । हालसम्म पनि यहाँका अधिकांश जनता कृषिमा आश्रित छन्, तर आजसम्म पनि यहाँ परम्परागत किसिमबाट खेतीपाती गर्नाले उक्त व्यवसायबाट खासै फाइदा हुन सकेको छैन । जनसंख्या वृद्धिको तुलनामा कृषि उत्पादन बढाउन नसक्नाले प्रत्येक वर्ष खाद्यान्नको आयात बढाउनुपरेको छ ।
यसको कारणले यहाँको व्यापारघाटा प्रत्येक वर्ष बढिरहेको छ ।

कुनै पनि देशको कुनै पनि क्षेत्रको ठोस विकासका लागि त्यस देशमा लागू गरिएको नीति–नियमहरुले महत्वपूर्ण भूमिका खेल्छन् । यसैले नेपालमा पनि विज्ञान र प्रविधिको ठोस विकासका लागि उपयुक्त नीति तथा नियमहरु तर्जुमा गरी कार्यान्वयन गर्न विशेष जोड दिन अति आवश्यक छ । यी कुराहरु बाहेक यहाँ विज्ञान र प्रविधिको विकास गरी अधिकतम लाभ लिन एकतर्फ विज्ञान र प्रविधिको महत्वबारे व्यापक प्रचार–प्रसार गरी यहाँका बालबालिकाहरुलाई सानै उमेरदेखि विज्ञान तथा प्रविधिको महत्वबारे विशेष ध्यानाकृष्ट गर्न आवश्यक छ भने अर्काेतिर यस किसिमको शिक्षाबाट देशमा परेको प्रभावको बेलाबेलामा मूल्यांकन गरी समसामयिक सुधार गर्न उत्तिकै जरुरी छ ।

वर्तमान समयमा यहाँका नागरिकहरुको हक तथा अधिकारलाई कुण्ठित नहुने गरी विज्ञान र प्रविधिको विकासमा सरकारले प्रोत्साहन दिएमा समृद्धिका लागि विकास भन्ने मूलमन्त्रलाई साकार बनाउन बल पुग्नेछ । विज्ञान र प्रविधिको विकासका लागि अनुसन्धानको आवश्यकता पर्छ जसकालागि प्चुर धनराशीको जरुरी छ । यो कुरा विकसित देशहरुको अनुभवबाट बोध हुन्छ । परन्तु यहाँ अनुसन्धानका लागि न्यून बजेट छुट्याउने परम्परा भएकोले उक्त क्षेत्रको ठोस विकास हुनसकेको छैन । त्यसैले यसतर्फ सम्बन्धित पक्षको ध्यान जान नितान्त आवश्यक छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com