दोलखा उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ विजयी

दोलखा, वैशाख ३०
दोलखा उद्योग वाणिज्य संघको अध्यक्षमा निवर्तमान महासचिव इन्द्र श्रेष्ठ विजयी भएका छन् । उनले निकटम प्रतिद्वन्द्वी एवम् निवर्तमान अध्यक्ष सुन्दर कार्कीलाई ३६ मतको अन्तरले हराएका हुन् । लोकतान्त्रिक प्यानलका इन्द्र बहादुर श्रेष्ठले प्रतिद्वन्दी प्रगतिशील प्यानलका सुन्दर कार्कीलाई ३६ मतको अन्तरले हराउँदै अध्यक्ष पदमा विजयी भए । श्रेष्ठले ४ सय ३ मत ल्याए भने कार्कीले ३ सय ६७ मत ल्याए । उद्योग वाणिज्य संघ दोलखा नयाँ नेतृत्वको लागी शनिबार निर्वाचन भएको थियो । निर्वाचनमा ८ सय ५ मत खसेको थियो ।

श्रेष्ठलाई कांग्रेसर कार्कीलाई सत्ता घटक नेकपाको समर्थन थियो । १६ सदस्यीय कार्य समिति मध्ये श्रेष्ठ प्यानलबाट अध्यक्षसहित १० जना विजयी भए भने कार्की प्यानलका ६ जना विजयी भए । सदस्यहरुमा श्रेष्ठ प्यानलबाट दिनेश थापा, हेमराज रिमाल, सनत थापा, देवकृष्ण थापा, गणेशविक्रम शाही, विमल श्रेष्ठ, महिला सदस्यमा अनिता श्रेष्ठ, दलित सदस्यमा नवराज रिजाल र एसोसिएट सदस्यमा कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै कार्की प्यानलबाट सदस्यहरुमा दिनेश बस्नेत, सुरेश उप्रेती, श्याम कायस्थ, हिमाल न्यौपाने, बलराम थापा र दिनेश पाठक निर्वाचित भएका छन् ।

अन्य पदाधिकारी भने कार्य समिति बैठकबाट चयन हुनेछन् । विजयीपछि अध्यक्ष श्रेष्ठले निर्वाचनमा एक पक्षले जित्ने र अर्को पक्षले हार्ने स्वभाविक भएकोले सबैलाई समेटेर अघि बढ्ने बताए । उनले जित्ने र हार्ने दुवै पक्षले इमानदारितापूर्वक एकसाथ काम गरेर संघलाई अझ अगाडि लैजाने बताए । व्यवसायीहरुको समस्या समाधानको लागी सधैँ लाग्ने बताउँदै चुनाबी घोषणापत्रअनुसार नै संघलाई अघि बढाउने श्रेष्ठको भनाइ छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com