स्प्राइटको ‘डबल डोज’ अफर सकियो

काठमाडौं, वैशाख ३०
स्प्राइटको ‘डबल डोज रिफ्रेस पनि रिचार्ज पनि क्याम्पेन’ समाप्त भएको छ । फेब्रुअरी १ गतेबाट सुरु भएको उक्त क्याम्पेनले उपभोक्तामाझ रौनक बढाउनुका साथै उत्साहजनक सहभागिता र प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ । अफरमार्फत देशभरका ९ सय १४ भन्दा बढी भाग्यशाली विजेताहरु १० देखि १० हजार रुपैयाँसम्मको टक टाइम रिचार्ज जित्न सफल भएका छन् । स्प्राइट डबल डोज रिफ्रेस पनि रिचार्ज पनि अफरअन्तर्गत ६२ जना भाग्यशाली विजेताहरुले सामसुङ ग्यालेक्सी नोट ९ जित्न सफल भएका छन् । यो अफर कोका–कोला ब्राण्डका कोका–कोला, स्प्राइट, फान्टा ओरेन्ज, फान्टा लेमन र किन्ले सोडाको २५० एमएलको आरजीबी अर्थात् सिसाको बोतलमा उपलब्ध रहेको थियो । यसमार्फत उपभोक्ताहरुले दैनिक १० देखि १० हजार रुपैयाँसम्मको टक टाइम रिचार्ज र सामसुङ ग्यालेक्सी नोट ९ सम्म जित्न सफल भएका छन् ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, ‘हामी स्प्राइटको क्याम्पेनमा उपभोक्ताहरुको बढ्दो उत्साहपूर्ण सहभागीता देखेर निकै खुसी भएका छौँ ।’ यसमा उपभोक्ताहरुले रिफ्रेस हुनुका साथै रिचार्जहरु पनि प्राप्त गरेको उनले बताए । अभियानले स्प्राइटलाई प्यास मेटाउने शक्तिशाली ब्राण्डका साथै अन्य पेय पदार्थभन्दा अझ बढी ग्राहकहरुलाई रिफ्रेस बनाउने ब्राण्डको रुपमा प्रस्तुत गरेको कम्पनीको दाबी छ । सिंहले भने, ‘क्याम्पेनको सफलताको श्रेय हामी हाम्रा सम्पूर्ण क्याम्पेन सञ्चालन पार्टनर र रिटेल पार्टनरहरुलाई दिन चाहन्छौँ ।’ यसले संयुक्त प्रयासमा हामीहरुलाई ग्राहकहरुसँग जोडिन मद्दत गरेको उनले बताए ।
स्प्राइटका नयाँ ब्राण्ड एम्बास्डर अनमोल केसीलाई पनि यस क्याम्पेनलाई सफल बनाउन योगदान पु-याएकोमा कम्पनीले धन्यवाद दिएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com