‘मोटो ट्रयाक–२’को विजेता भए कार्की

काठमाडौं, वैशाख ३०
धुलिखेलमा सम्पन्न डर्ट बाइक रेस प्रतियोगिता ‘मोटो ट्रयाक २’को उपाधि राजकुमार कार्कीले जितेका छन् । शनिबार धुलिखेलस्थित हिमालयन मोटरल्यान्डमा भएको सात सय मिटरको अफरोड ट्र्याकमा सम्पन्न उक्त प्रतियोगितामा दीपेश क्षेत्री फस्र्ट रनर अप र भीम होना सेकेन्ड रनर अप भए । मोटर स्पोर्ट्स नेपालको मूख्य आयोजनामा भएको सो प्रतियोगितामा २५० सीसीसम्मका डर्ट बाइक कुदाइएका थिए । प्रतियोगितामा २२ जना राइडरहरुको सहभागिता थियो । सो प्रतियोगितालाई नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ)को समेत प्राविधिक सहयोग रहेको थियो । पहिलो, दोस्रो र तेस्रो विजेताहरुले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कारका साथै हेलमेट र अन्य गिफ्ट ह्याम्पर प्राप्त गरे । मोटर स्पोर्ट्स नेपालले गत वर्ष पहिलो पटक मोटो ट्रयाक प्रतियोगिताको आयोजना गरेको थियो । हाल यसको दोस्रो संस्करणको रुपमा मोटो ट्रयाक २ को आयोजना गरिएको हो । 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com