सन् २०२० देखि बंगलादेशमै यामाहा मोटरसाइकल निर्माण हुने

ढाका, वैशाख ३०
यामाहा मोटरसाइकल कम्पनीले अर्को वर्षदेखि बंगलादेशमै मोटरसाइकल उत्पादन सुरु गर्ने भएको छ । बंगलादेशी मिडियाहरुका अनुसार कम्पनीले सन् २०२० देखि उत्पादन प्लान्ट सञ्चालन गर्ने भएको हो । बंगलादेशको एसीआई मोटर्ससँगको सहकार्यमा यामाहा मोटर कर्पोरेसनले जापानी ब्रान्डको दुई पांग्रे सवारीसाधन निर्माण गर्नलागेको हो । बंगलादेशको गाजियापुरस्थित श्रीपुरमा ६ एकड जमिनमा प्लान्ट निर्माण गरिनेछ । यसको लागत बंगलादेशी मुद्रा १ सय करोड टाका रहने पनि बताइएको छ । उक्त प्लान्टले ६० हजार मोटरसाइकल वर्षमा उत्पादन गर्नेछ । प्लान्टमा तत्काललाई दुईवटा मोडल मात्रै उत्पादन सुरु गरिनेछ । यसलाई बंगलादेशी सरकारले समेत कोशेढुंगाको रुपमा लिएको छ । बंगलादेशी र जापानी कम्पनीले ज्वाइन्ट भेन्चरका रुपमा मोटरसाइकल उत्पादन अगाडि बढाउन लागेका हुन् । यामाहाले मोटरसाइकल उत्पादनसँगै ग्राहकको माग र उत्पादनको गुणस्तरलाई जोड दिने जनाएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com