अन्तर्राष्ट्रिय मुद्रा कोषले श्रीलंकालाई दिएको कोष सुविधा अवधि लम्ब्याउने

कोलम्बो, वैशाख ३०
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले श्रीलंकाले गरेको कोष सुविधा अवधि बढाउने आग्रहबारे विचार गर्ने भएको छ । श्रीलंकाले सन् २०२० सम्म यस्तो सुविधा अवधि लम्ब्याउन आग्रह गरेकोमा आईएमएफले पुनर्विचार गर्ने भएको श्रीलंकाली सञ्चारमाध्यमले जनाएका छन् । आईएमएफका सञ्चार विभाग निर्देशक ग्यारी राइसले बिहीबार यस्तो जानकारी दिएका हुन् । आईएमएफको कार्यकारी बोर्डले यसबारे पुनर्विचार गर्ने उनले जानकारी दिए । श्रीलंकामा केही दिनअघि शृंखलाबद्ध रुपमा भएको आत्मघाती बम आक्रमणबारे पनि कोषले समवेदना प्रकट गरेको ग्यारीले बताए । बोर्डले कोष सुविधा अवधि लम्ब्याउने निर्णय लिए कोषले श्रीलंकाको समग्र आर्थिक स्थायित्वको लागि सहयोग गर्नेछ । श्रीलंकाले कोषबाट ५० करोड डलरको सुविधा उपयोग गरिरहेको छ ।  


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com