पाकिस्तानको आर्थिक वृद्धिदर आठ वर्षयता न्यून विन्दुमा रहने

कराँची, वैशाख ३०
पाकिस्तानको आर्थिक वृद्धिदर आठ वर्षयताकै न्यून विन्दुमा पुग्ने अनुमान प्रक्षेपण गरिएको छ । शुक्रबार सार्वजनिक सरकारी प्रतिवेदनले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । पाकिस्तान अहिले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग २२औँ जमानतका लागि प्रयास गरिरहेका बेला यस्तो तथ्यांक सार्वजनिक भएको हो । पाकिस्तानको नेशनल एकाउन्ट्स कमिटीले सार्वजनिक गरेको रिपोर्टमा चालू आवमा लक्षित ६.२ प्रतिशतको वृद्धिलाई चुनौती दिँदै ३.३ प्रतिशत मात्रै आर्थिक वृद्धि हासिल हुने नयाँ तथ्यांक बाहिर ल्याएको छ ।

यद्यपि यो अन्तिम तथ्यांक भने होइन तर यसले पाकिस्तानी अर्थतन्त्र निकै सुस्त गतिमा अगाडि बढेको भने देखाएको छ । पाकिस्तानले सन् २००८ मा कोषबाट पाएको प्याकेजजस्तै यसपटक पनि पाउने आशा गरिरहेको छ । पाकिस्तानले उक्त समयमा ७.६ बिलियन डलरको ऋण पाँच वर्षका लागि पाएको थियो । कोषले यसपटक पनि सहयोग गर्न सक्ने तर धेरै कडाइ गर्न सक्ने बताइएको छ । पाकिस्तानमा सन् २०१८ को जनवरीयता मुद्रा अवमूल्यन ३० प्रतिशतले भएको छ भने आर्थिक संकट बढ्दो क्रममा छ । आईएमएफले २.९ प्रतिशतको आर्थिक वृद्धिदर अनुमान गरेको छ । जुन यथार्थ भए १० वर्षयताकै न्यून विन्दु हुनेछ ।

गत महिना नै पाकिस्तानका सरकारी अधिकारीले कोषसँग सहमतिको खाका तयार भइसकेको बताएका थिए । कोषसँग पाकिस्तानका पूर्व विश्व बैंकका अधिकारी समेत रहिसकेका अब्दुल हफिज शेखले सहमतिको प्रयास गरिरहेका छन् । उनी सन् २०१० देखि ०१३ सम्म पाकिस्तानको अर्थमन्त्री समेत बनेका थिए । तर यता अमेरिकाले भने कोषसँग ऋण लिएर पाकिस्तानले चिनियाँ ऋण तिर्न खर्च गर्न सक्ने भन्दै नजिकबाट हेरिरहेको चेतावनी दिइसकेको छ । चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ परियोजनाअन्तर्गत पाकिस्तानमा खर्बौँको ऋण लगानी गरिरहेको छ ।

पाकिस्तान सन् १९५० मा आईएमएफसँग आबद्ध भएको थियो । त्यसयता कोषले २१ पटक ऋण दिइसकेको छ । सन् २०१३ मा मात्रै पाकिस्तानले कोषबाट ६ अर्ब ६० करोड डलर ऋण पाएको थियो । पाकिस्तानले भर्खरै मात्र मुख्य व्यापारिक साझेदार यूएईबाट ३ अर्ब डलरको सहयोग पाएको थियो । त्यस्तै उसले साउदी अरेबियाबाट पनि ६ अर्ब डलरको कोष सुविधा पाएको थियो । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com