विश्वका १५ राष्ट्रमा सबैभन्दा धेरै डलर

अर्बपति : ६८ खर्ब डलर उनीहरुको सम्पत्ति

अमेरिका, वैशाख ३०
विश्वका १५ राष्ट्रमा सबैभन्दा धेरै डलर अर्बपतिहरु रहेको एक प्रतिवेदनले देखाएको छ । बिजनेस इन्साइडरका अनुसार वेल्थ–एक्सको सन् २०१९ को ताजा प्रतिवेदनले यस्तो देखाएको हो । विश्वका १० लाख धनी मानिसको विश्वव्यापी तथ्यांकले यस्तो देखाएको हो । नयाँ तथ्यांकअनुसार विश्वका तीन चौथाइ अर्बपति १५ वटा देशमा रहेका छन् । उक्त देशमा १ हजार ९ सय ४२ जना डलर अर्बपति बस्ने गरेका छन् भने उनीहरुको कुल सम्पत्ति ६८ खर्ब अमेरिकी डलर रहेको छ ।यो परिमाण भनेको सन् २०१८ का विश्वका कुल डलर अर्बपतिमध्ये ७५ प्रतिशत हो । विश्वमा धेरै अर्बपतिहरु अमेरिकामा रहेको पनि नयाँ प्रतिवेदनले देखाएको छ । विश्वका कुलमध्ये २७ प्रतिशत डलर अर्बपति अमेरिकामा बस्छन् ।

संख्यात्मक हिसाबले भन्नुपर्दा अमेरिकामा सन् २०१७ यता सन् २०१८ सम्ममा ४ प्रतिशतले बढेर ७ सय ५ जना अर्बपति रहेका छन् । यद्यपि विश्वव्यापी रुपमा भने अर्बपतिहरु ३ प्रतिशतले घटेका छन् । विशेषगरी चीन, हंगकंग, भारत र सिंगापुरमा डलर अर्बपति घटिरहेको नयाँ प्रतिवेदनले देखाएको छ । इक्विटी मार्केटमा आएको कमीले यस्तो भएको हुनसक्ने प्रतिवेदनमा औँल्याइएको छ । तर मुख्य युरोपेली राष्ट्रमा भने अर्बपति घट्ने र बढ्ने क्रम उस्तै रहेको बताइएको छ । अर्बपति घटे पनि हंगकंग र सिंगापुर दुवै देश धेरै अर्बपति हुने १५ राष्ट्रभित्रै रहेको प्रतिवेदनले देखाएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com