स्काइ रेल कुदाउने चिनियाँ कम्पनीको प्रस्ताव

काठमाडौं, वैशाख ३१
चिनियाँ कम्पनी बेइजिङ चाइना एयर रेल ग्रुरुपले काठमाडौं उपत्यकामा आफ्नै लगानीमा स्काइ रेल कुदाउने प्रस्ताव गरेको छ । कम्पनीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरी आशय पत्र लेखी प्रस्ताव लगानी बोर्डमा पेस गरेको छ । लगानी बोर्डको अध्यक्षसमेत रहेका प्रधानमन्त्रीलाई सम्बोधन गरेर लेखिएको पत्रमा उसले काठमाडौंमा ‘स्काइ’ रेल चलाउन इच्छा देखाएको छ । सीसीएआरले सुरुमा पहिलो चरणअन्तर्गत २२ अर्ब लागत अनुमानसहित प्रस्ताव पेस गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । ‘लगानी बोर्डका अध्यक्षसमेत भएका कारणले होला प्रधानमन्त्रीलाई सम्बोधन गरेर प्रस्ताव प्राप्त भएको छ,’ सीसीएआरको पत्र देखाउँदै प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘हामीले प्रस्ताव पत्र लगानी बोर्डमा फरवार्ड गरिसकेका छौं, यस विषयमा अध्ययन भइरहेको होला ।’

चिनियाँ कम्पनी सीसीएआरले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठ र चीनका लागि नेपाल राजदूत लिलामणि पौडेलसँग भएको छलफलका आधारमा काठमाडौंमा स्काइ रेलको सम्भावनाबारे अध्ययन गरेको कम्पनीले जनाएको छ । उसको दाबी छ, काठमाडौंको बढ्दो सवारी जाम व्यवस्थापन गर्न स्काइ रेल उपयोगी हुनेछ । उसले पहिलो चरणमा चक्रपथभित्र चलाउने र दोस्रो तथा तेस्रो चरणमा चक्रपथ बाहिर विस्तार गर्न सकिने बताएको छ । सीसीएआरका अनुसार काठमाडौंको चक्रपथमा पाँच हजार यात्रुसम्म बोक्न सक्ने स्काइ रेल चलाउन सकिनेछ । चक्रपथभित्रै १४ किलोमिटर स्काइ रेल चलाउन सकिने भन्दै कम्पनीले रुट प्रस्ताव गरेको छ ।

एयरपोर्ट – तिनकुने – बानेश्वर – माइतीघर – त्रिपुरेश्वर हुँदै नारायणगोपाल चोक र त्यहाँबाट बूढानीलकण्ठसम्म हुनेछ । पहिलो चरणमा एयरपोर्टबाट सुरु भएर अन्तिम स्टेशन बूढानीलकण्ठसम्म हुनेछ । काठमाडौं चक्रपथभित्र र बाहिर गरी एक सय ४६ किमी दूरीमा स्काइ रेल चलाउन सकिने कम्पनीको प्रस्ताव छ भने उपत्यकाभित्र ४९ वटा स्टेसनहरु रहने कम्पनीले जनाएको छ । उपत्यकाको तीन वटै जिल्लामा गरी ठाउँ ठाउँमा एकदेखि दुई किमी दूरीको फरकमा स्टेशन राख्न सकिने कम्पनीको प्रस्ताव छ ।

दोस्रो र तेस्रो चरणमा भने काठमाडौं र धादिङको सिमाना थानकोटसम्म र काठाडौं–भक्तपुर खण्डमा समेत स्काइ रेल चलाउन सकिने चिनियाँ कम्पनीको प्रस्ताव गरिएको छ । सीसीएआरको दाबी छ कि मोनो तथा मेट्रो रेलको तुलनामा स्काइ रेल सस्तो हुनेछ । स्काइ रेलले अन्य रेलहरुको जस्तो धेरै ठाउँ लिँदैन । सडककै किनारामा वा सडककै बीच भागमा ठाउँ–ठाउँमा पोल गाडेर स्काइ रेल चलाउन सकिनेछ । माथि रेल गुड्ने र तल सवारीसाधनहरु निर्बाध रुपमा गुड्न सक्ने भएका कारण सहरमा जामको समस्या समाधान हुने कम्पनीले बताएको छ ।

दुई वर्षमा निर्माण सक्ने :- सीसीएआरले आफ्नै लगानीमा दुई वर्षभित्र चक्रपथमा स्काइ रेल निर्माण गर्ने दाबी गरेको छ । यसरी निर्माण भएको रेल २८ वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने उसको प्रस्ताव छ । लगानीका लागि चैतमा काठमाडौंमा भएको लगानी सम्मेलनबाट आफू प्रभावित भएको कम्पनीको दाबी छ । यद्यपि, यो आयोजना लगानी सम्मेलनमा राखिएकै थिएन । ‘शो’ केसमा नराखेका आयोजनामा पनि वैदेशिक लगानी भित्र्याउन चाहनेहरुले प्रस्ताव गर्न सक्नेछ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com