बाँकेमा गर्मी बढेसँगै विद्युतीय सामग्रीको व्यापार बढ्यो

बाँके, वैशाख ३१
बाँकेको नेपालगञजमा अरु वर्षको तुलनामा गर्मी ह्वात्तै बढेको छ । शनिबार यहाँको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको मौसम विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगञ्जका अनुसार सबैभन्दा बढी तापक्रम गत शनिबार अधिकतम ४३ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो । कार्यालयका मौसम विज्ञान सहायक योजना बस्ताकोटीले भनिन्, ‘शनिबार यहाँ यो वर्षकै सबैभन्दा बढी तापक्रम मापन गरियो । जुन अघिल्ला वर्षको यही अवधिको तापक्रमभन्दा धेरै हो ।’

उनका अनुसार नेपालगञ्जमा सन् २०१२ जुन १४ मा अहिलेसम्मकै सर्वाधिक तापक्रम ४५ डिग्री सेल्सियस मापन गरिएको थियो । सर्वाधिक गर्मीका साथै तातो हावा चल्न थालेपछि यहाँको जनजीवन झन उकुसमुकुस बनेसँगै नेपालगञ्जमा गर्मी छल्न प्रयोग गरिने विद्युतीय सामग्रीको व्यापार पनि ह्वात्तै बढेको छ । गर्मीबाट बच्न आवश्यक समान किन्न बजार धाउनेहरुको संख्या पनि बढ्न थालेको छ । गर्मी बढेसँगै विद्युतीय सामग्रीप्रति उपभोक्ताको आकर्षण बढ्दो छ । गर्मीबाट बच्न उपभोक्ताहरु पंखा, एसी र कुलरलगायतका विद्युतीय सामग्रीप्रति आकर्षित बनेका छन् । त्यसैले पनि यी व्यवसायमा सक्रियहरुलाई यतिबेला भ्याइनभ्याइ छ । वैशाखको सुरुवातदेखि नै बढेको पंखा, एसी, कुलरको व्यापार महिनाको अन्तिमसम्म आइपुग्दा दोब्बरले बढेको छ । अझै पंखा, एसी र कुलरलगायतका विद्युतीय सामग्रीको व्यापारमा वृद्धि हुने व्यवसायीहरुको विश्वास छ ।

नेपालगञ्जको घरबारी टोलमा रहेको सहनाज इलेक्ट्रोनिक्सका सञ्चालक सफिक अहमद साहका अनुसार गर्मी बढेसँगै गर्मीका समयमा प्रयोग गरिने विभिन्न घरायसी विद्युतीय सामाग्रीहरुको व्यापार बढेको छ । गर्मीमा प्रयोग गरिने पंखा, एसी, कुलरलगायतका सामग्रीहरुको माग बढ्दै गएको सञ्चालक साहले जानकारी दिए । बजारमा एलजी, सामसुङ ब्रान्डका साथै भारतीय ब्राण्डका पंखा, कुलर, एसीजस्ता समग्रीहरुको माग बढी भएको उनले बताए । उनको पसलबाट पछिल्लो एक सातायता यस्ता सामग्रीहरुको दैनिक बिक्री संख्या तुलानात्मक रुपले बढेको पाइएको छ । सञ्चालक साहले भने, ‘गर्मी बढेपछि औसत व्यापार हुने भए पनि केही दिनयता गर्मी छल्न प्रयोग गरिने घरायसी सामग्रीहरुको खपत बढेको छ ।’ नेपालगञ्ज–१९ का रविन शर्मा गर्मी अत्यधिक बढ्ेका कारण आफूले घरमा एसी जोड्न बाध्य हुनुपरेको बताउँछन् ।

‘गर्मीले रातभर सुत्न गाह्रो भयो, एसी जोडेपछि गर्मीबाट बच्न थोरै भए पनि राहत मिलेको छ’ शर्माले भने । गर्मी अत्यधिक बढेपछि उपभोक्ताहरुले विद्युतीय सामग्रीहरु खरिद गरेर प्रयोग गर्न थालेका हुन् । नेपालगञ्जमा तीन दर्जनभन्दा बढी इलेक्ट्रोनिक्स पसल रहेका छन् । यी सबै पसलमा गर्मी छल्न प्रयोग गरिने घरायसी सामग्रीहरुको बिक्री बढेको छ । व्यवसायीहरुले अघिल्लो वर्षको तुलनामा यस वर्षको गर्मीमा ५० देखि ६० प्रतिशतसम्मको व्यापार बढ्ने लक्ष्य लिएका छन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com