घुस लिँदालिँदै अख्तियारको फन्दामा

बाँके, वैशाख ३१
बाँकेमा घुस लिदाँलिदै सामुदायिक वनका दुई पदाधिकारीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले पाँच लाख घुस लिदाँलिँदै सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्षलाई पक्राउ परेको हो ।पक्राउ  पर्नेमा बाँके राप्तीसोनारी गाउँपालिका १ मा रहेको लामीडाँडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टीकाराम कामी र कोषाध्यक्ष दीपक खुना रहेका छन् । आयोगको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेका अनुसार अध्यक्ष र कोषाध्यक्षले काठको टेण्डर मिलाइदिने भन्दै पाँच लाख रकम लिँदै गर्दा कुसुमको बैरीयाबाट पक्राउ गरिएको हो । घुस रकमसहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, नेपालगञ्जले जनाएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com