लगनखेलमा मायाज ब्युटीपार्लर एण्ड ट्रेनिङ सेन्टरको नयाँ शाखा

काठमाडौं, वैशाख ३१
लगनखेलमा मायाज् ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको नयाँ शाखा खुलेको छ । नायिका बर्षा सिवाकोटीले उक्त शाखाको उद्घाटन गरेकी हुन् । विगत १ दशकदेखि सौन्दर्य व्यवसाय गर्दै आएकी गीता गिरिले सो पार्लर सञ्चालनमा ल्याएकी हुन् । भक्तपुर सूर्यविनायकमा मुख्य पार्लर रहेको मायाज ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरको नयाँ बानेश्वर र कलंकीमा समेत शाखा रहेको छ भने यो तेस्रो शाखा हो । पार्लरको चौथो शाखा चावहिल एरियामा खोल्ने तयारीमा रहेको सञ्चालिका गिरीले बताइन ।

उद्घाटन कार्यक्रममा बोल्दै नायिका सिवाकोटीले पार्लरको सफलताको कामना गरेकी थिइन् । उनले भनिन्, ’महिलाको लागि पछिल्लो समय सौन्दर्य कला जान्नु र सुन्दर बन्नु अत्यावश्यक बनेको छ । त्यसमाथि हामी कला क्षेत्रमा लागेकाहरुका लागि त मेकअप नभई हुँदैन । त्यसैले मायाजको सेवासुविधा लिन आतुर छु । र मायाजले नाम जस्तै सबैको माया पाओस्  ।’ पार्लरले नायिका सिवाकोटीका लागि १ वर्षका लागि सम्पूर्ण सौन्दर्य सुविधा निःशुल्क गरेको छ भने त्यहाँ जाने अन्य कलाकारका लागि पनि विशेष छुटको व्यवस्था गरेको छ । ओपनिङको अवसरमा पार्लरले सम्पूर्ण सेवा सुविधामा ५० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com