७ बँदे घोषणापत्र जारी गर्दै अटोमोटिभ इञ्जिनियरिङ राष्ट्रिय सम्मेलन सकियो

काठमाडौं, वैशाख ३१
इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपाल र काठमाडौँ विश्वविद्यालयको आयोजना तथा नेपाल अटोमेकानिक्स व्यवसायी संघको सहआयोजनामा अटोमोटिभ इञ्जिनियरिङसम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । शुक्रबार र शनिबार गरी दुई दिन सो सम्मेलन सम्पन्न भएको थियो । पाँचौँ ग्लोबल रोड सेफ्टी विकको सन्दर्भमा धुलिखेल स्थित काठमाडौँ विश्वविद्यालयको हलमा आयोजना भएको सम्मेलनको दोस्रो दिन शनिबार सांसद डा. डिला संग्रौलाले मुख्य वक्ताको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै सफलताको शुभकामना दिएकी थिइन् ।

त्यसैगरी एसएई इन्डियाका कोषाध्यक्ष कमल किशोर छगनलाल भोराले सेफ, स्मार्ट एन्ड सस्टेनेबल मोबिलिटी शीर्षकमा, नासाका महासचिव गोविन्द भट्टराईले पाँचौ ग्लोबल रोड सेफ्टी विकको बारे, ई. प्रेम लामाले वर्कसप व्यवस्थापन बारे, नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले अटोल्यान्ड शिर्षकमा, नेपाल मोटरसाइकल फेडरेसनका सचिव सन्तोष न्यौपानेले इन्टरनेसनल ड्राइभिङ परमिट शीर्षकमा, काठमाडौँ विश्वविद्यालयका छात्र रमन सिलवालले प्यासेन्जर कारमा स्पेस कुलिङको सम्भावना वारेमा र सीटीईभीटीकी प्रतिनिधि इन्जिनियर निशी श्रेष्ठले अटोमोटिभ एजुकेसनसम्बन्धी शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कन्फ्रेन्समा आईएई नेपालका महासचिव बासुदेव तिमिल्सिनाले ७ बुँदे घोषणापत्रका साथ कार्यक्रमलाई समापन गरेका थिए । १ सय ५० जनाको सहभागिता रहेको सो दुई दिने सम्मेलनको पहिलो दिन हिजो कुल १० वटा कार्यपत्र प्रस्तुत भएका थिए । प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले कार्यक्रमको उद्घाटन गरेका थिए । नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका अध्यक्ष अशोक ब्यन्जु श्रेठले कार्यक्रमलाई सम्बोधन गरेका थिए । एसएई इन्डियाका कोषाध्यक्ष कमलकिशोर छगनलाल भोरा, साझा यातायातका चेयरपर्सन कनकमणि दीक्षित, नासाका महासचिव गोविन्द भट्टराई, पूर्वमन्त्री गणेश साह, काठमाडौँ विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा.ड्यानियल तुलाधर तथा सफल उद्यमी कपिल शिवाकोटी किनोट स्पिकरको रुपमा सहभागी भएका थिए ।

यातायात व्यवस्था विभागका वरिष्ठ इन्जिनियर रामचन्द्र पौडेल, आईएई नेपालका महासचिव बाशुदेव तिमिल्सिना, दीगोका प्रतिनिधि अस्मित बजगाईं, इलेक्ट्रिक भेइकल एसोसिएसनका अध्यक्ष उमेश श्रेष्ठ र अन्तर्राष्ट्रिय पेशागत स्वास्थ्य संगठनका सदस्य युबराज भट्टले अतिथि वक्ताको रुपमा प्रस्तुति गरेका थिए । सो कार्यक्रममा एसोसिएसन अफ मेकानिकल इन्जिनियरिङ स्टुडेन्ट्स (एएमईएस) काठमाडौं विश्वविद्यालय, नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) र नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको पनि साथ रहेको आईएईका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मधुसुदन सिग्देलले जानकारी दिए ।

उक्त गैरनाफामूलक कार्यक्रममा हिट्को लगायत विभिन्न अटोमोबाइल कम्पनी, लुब्रिकेन्ट कम्पनी, इन्स्योरेन्स कम्पनीको पनि सहयोग रहेको थियो । यस सम्मेलनमा प्रस्तुत प्रतिवेदनहरु, प्राप्त सुझाव र अतिथि वक्ताहरुको विचारलाई समेत समावेश गरी विस्तृत रुपमा प्रतिवेदन तयार गर्ने र सो प्रतिवेदनले प्रस्तुत गरेका सिफारिस र सुझावलाई नेपाल सरकारका सम्बन्धित निकाय, शैक्षिक प्रतिस्ठानहरु, तथा अन्य सम्बन्धित सबैमा प्रस्तुत गर्ने बताईएको छ ।अटोमोटिभ, मेकानिकल एरोनेटिकल इन्डस्ट्रियल इन्जिनियरिङ्गमार्फत सेफर मोबिलिटी, उद्यमशीलता, इनोभेसन तथा युथ इन्टेलेक्च्युलहरुलाई परिचालन गर्नेतर्फ प्रयत्नशील हुने सम्मेलनमा जारी घोषणापत्रमा उल्लेख गरिएको छ । समृद्द नेपाल निर्माणमा सडक यातायात, इन्जिनियरिङ्ग, मेकानिकल क्षेत्रमा योगदान दिने प्रतिज्ञा गर्दै सडक सुरक्षाका लागि ५ पिलरको लागि आआफ्नो क्षेत्रबाट सक्रिय रहने बताइएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com