रोयल पेन्ट्सको बम्पर उपहार सुनिल शाहलाई

काठमाडौं, वैशाख ३१
रोयल पेन्ट्स प्रालिको ग्राहक उपहार योजनाअन्तर्गत बम्पर उपहार ३५० सीसीको बुलेट बाइक बिर्तामोडको सत्य नारायण हार्डवेयरका ग्राहक सुनिल शाहले जितेका छन् । रङ उत्पादनको क्षेत्रमा छोटो समयमा नै लोकप्रिय बन्न सफल रोयल पेन्ट्सले पर्यटकीय नगरी सौराहामा शनिबार आयोजना गरेको डिलर मिट कार्यक्रममा गरिएको लक्की ड्रमार्फत ३५० सिसिको बुलेट बाइक शाहले जितेका हुन् । योजनाअन्तर्गत दोस्रो पुरस्कार होण्डाको स्कृटर मोरङ्ग विराटचोकको नानोकन इन्टरप्राइजेजका ग्राहक नरेन्द्र भुर्तेलले पाए । तेस्रो पुरस्कार ३२ इन्चको सामसुङ एलईडी टिभी ३ जनाले प्राप्त गरे ।

सौर्य इन्टरप्राइजेज बेसीसहरका ग्राहक सुकल चौधरी, एबी सप्लायर्स बुटवलका ग्राहक वीरेन्द्र पौडेल र न्यौपाने हार्डवेयर चितवन फूर्तीचोकका ग्राहक सुदर्शन लम्सालले यो पुरस्कार प्राप्त गरेको रोयल पेन्ट्सका निर्देशक कृष्ण भण्डारीले जानकारी दिए । यस्तै ६ जनालाई ६ वटा सामसुङ जे७ मोबाइल, १० जनालाई १० वटा जेटु सामसुङ मोबाइल र २० जनालाई २० वटा राइस कुकर उपहार पाएका थिए । सोही अवसरमा वर्षभर रोयल पेन्ट्सको बिक्री लक्ष्य पूरा गर्ने पेन्ट्सका बिक्री केन्द्रलाई विभिन्न अवार्ड प्रदान गरिएको थियो । यसअन्तर्गत प्लाटिनियम अवार्ड धरानको श्रीशक्ति इन्टरप्राइजेजले पायो भने डायमण्ड अवार्ड ११ जनालाई, गोल्डेन अवार्डबाट १२ जनालाई, सिल्भर अवार्डबाट ११ जनालाई सम्मानितसँगै पुरस्कृत गरिएको थियो । ग्राहकको माग अनुसार २०७५ साल साउनदेखि चैत मसान्तसम्म कम्पनीले रोयल पेन्ट्स ग्राहकवर्गका लागि उक्त योजना ल्याएको थियो ।

स्वदेशमा नै रङ उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यसहित चितवनमा सन् २०१० देखि रोयल पेन्ट्सले आफ्नो सेवा दिदै आएको छ । रोयलले घाम, पानीबाट केही नहुने ७, ५ वर्षे ग्यारेन्टीको पेन्ट्स बिक्री वितरण गर्दै आएको पेन्ट्सका अध्यक्ष परमेश्वर भण्डारीले बताए । रोयल पेन्ट्सले नेपालभर आफ्नो २०० सय बढी बिक्रेतालाई सौराहामा नै बोलाएर डिलर मिट गरेको हो । हाल कम्पनीले ६० जनालाई प्रत्यक्ष रोजगारी दिँदै आएको छ । कम्पनीका अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न डिलर मिट कार्यक्रममा भरतपुर महानगरका प्रवक्ता अरुणपीडित भण्डारी प्रमुख अतिथि रहेका थिए । उवासंघ चितवनका निर्वतमान वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा नै चर्चीत हास्य कालाकार मनोज गजुरेल, लोकदोहोरी गायक पशुपति शर्मा र युवा गायक महेन्द्रराज बरालले सांगीतिक प्रस्तुतिमार्फत मनोरञ्जन समेत प्रदान गरेका थिए । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com