सामसुङको ग्यालेक्सी ए२ कोर नेपाली बजारमा

काठमाडौं, वैशाख ३१
सामसुङले आफ्नो लोकप्रिय ग्यालेक्सी ए लाइनअन्तर्गत ग्यालेक्सी ए टु कोर नेपाली बजारमा भित्र्याएको छ । इन्ट्रि–लेभलका ग्राहकहरुलाई लक्षित गरी सामसुङले सुलभ दरमा ग्यालेक्सी ए टु कोर नेपालमा ल्याएको हो । ग्यालेक्सी ए टु कोरले पूर्ण मात्रामा स्मार्ट फोनको अनुभव दिलाउने बताइएको छ । फोनमा परिष्कृत ब्याट्री, भण्डारण क्षमता, राम्रो कार्यसम्पादन र विशेष गरी पहिलोपटक प्रयोग गर्नेहरुलाई अपिलगर्ने खालको रहेको छ,’ सामसुङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले भने ।

यसमा ५४०ह९६० पिक्सल तथा १६ः९ को एस्पेक्ट रेसियोका साथ ५.०० इन्चको टचस्क्रिन डिस्प्ले यसमा रहेको छ । ग्यालेक्सी ए टु कोरमा ५ मेगापिक्सलको क्यामराको साथ सामसुङको एक्स्वेनोस ७८७० ओक्टा कोर प्रोसेसर रहेको छ । यस स्मार्टफोनमा १६ जीबीको स्टोरेज रहेको छ भने कार्डको सहयोगबाट क्षमता वृद्धि गरी सहजै रुपमा सेयर, स्ट्रिम तथा गेमहरु खेल्ने स्वतन्त्रता प्राप्त गर्न पनि सकिने कम्पनीले जनाएको छ ।

यसको डिस्प्ले १२.६४ सीएमको रहेको छ । यसमा भएको ५.० मेगापिक्सलको क्यामराले उत्कृष्ट फोटो खिच्दछ । यो स्मार्टफोनमा ५ मेगापिक्सलको रियर तथा ५ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ । यसमा दुई हजार छ सय मेगाहर्जको ब्याट्री रहेको छ । ग्यालेक्सी ए टु कोरको मूल्य नेपाली बजारमा नौ हजार तीन सय ९० रुपैयाँ रहेको छ । ग्यालेक्सी ए टु कोर आकर्षक तिन रंगमा नेपाल अधिराज्यभर रहेका सामसुङका आधिकारिक रिटेल स्टोर्सहरु तथा सामसुङ ब्राण्ड सपहरुबाट उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com