नेपाली सिनेमाका संख्या र गुणात्मक वृद्धि उन्मुखतर्फ

डा. सुमनकुमार रेग्मी
विश्व परिवेश :- सन् १८९५ मा डिसेम्बर २८ मा लुमिएर दाजुभाइका छोटा फिल्म प्रदर्शन हुँदा विश्वभरी चर्चित भयो । तर यहि सुरुवात पछिपछि कलाक्षेत्रको सबैभन्दा प्रभावशाली विद्या बन्दै जाने कसैले सोंचेको थिएन होला । आज विश्व सिनेमा १२२ वर्ष बितिसक्दा नेपाली सिनेमा भर्खर वामे सर्दै अगाडि बढ्दैछ। हलीउड र बलीउडका सिनेमा जस्ता नेपाली सिनेमाको विकासक्रम त्यति लामो छैन । सन् १९६५ मा नेपाली पहिलो सिनेमा आमा नेपाली माटोमा बनेको थियो । तर आमा बन्नुभन्दा १३ वर्षअघि नेपाली भाषाको सिनेमा सत्य हरिश्चन्द्र भारतीय माटोमा बनेको वा छायाङ्कन भएको थियो । त्यसबेलादेखि नै सहरी क्षेत्रमा केन्द्रित गरी नेपाली सिनेमा छायाङ्कन र प्रदर्शन गरी आएको देखिन्छ ।

नेपाली चलचित्रको इतिहासलाई हेर्ने हो भने यसले समयावधिलाई अकल्पनीय गरेको छ । आधा शताब्दीको इतिहास बोकेको नेपाली चलचित्र क्षेत्रको हालसालका वर्षका गतिलाई नियाल्दा फिल्मका विकासमा छलाङ मारेको छ । फिल्म क्षेत्रमा डिजिटल प्रविधिको प्रवेशले नयाँ कलाकारका प्रवेशले समाजमा देखिँदै आएका विषयवस्तु फिल्ममा आउनु पनि सकारात्मक बाटो बन्दै आएको छ । प्रविधिको प्रयोग, कलाकारको मौलिक अभिनय, कथावस्तु, गीतसंगीत अन्तर्राष्ट्रिय बजारले पनि नेपाली सिनेमा क्षेत्रले प्रगतिको सकारात्मक पाइला चालेको प्रष्ट देखिन्छ । आजकल अधिकांश सिनेमाले सामाजिक फलेबरका कथा बन्न थालेको छ । खासगरी गाउँका मौलिकतामा आधारित सिनेमा बन्दै आएका छन्। नेपाली सिनेमाले बाह्य बजारमा राम्रो स्थान पाइरहेको छ । नेपालमा बनेका सिनमाले अन्तर्राष्ट्रिय महोत्सवहरुमा अवार्ड जित्नु सराहनीय नै रहेको छ ।

नेपाल परिवेश :- सिनेमाको उद्देश्य तपाईंलाई भुलाउने मात्रै होइन कहिलेकाहीँ जनचेतना जगाउने कार्य पनि हुन सक्दछ। कलाले मानिसलाई भुलाउने मात्र होइन जगाउने कार्य पनि गर्दछ । नेपाली सिनेमाका कुनै–कुनै गीतहरु सदाबहार चर्चित हुँदै आएका देखिन्छन् । नेपाली गुणस्तरीय सिनेमाहरुले दर्शकहरुको ध्यानाकर्षण गर्दै आएका छन् । विगतदेखि नै विभिन्न कारणहरु जस्तै कम गुणस्तर, कम उत्पादन बजेट, कथावस्तु उपयुक्त नभएको, सीमित दर्शकदीर्घा आदिआदि कारणले गर्दा चाहेको जति सिनेमा उद्योगले उन्नति गर्न सकेको देखिँदैन ।

नेपाली सिनेमा घरमा पहिलेदेखि नै हिन्दी भाषाका चलचित्र प्रदर्शन गरिँदै आएको थियो । त्यसैले नेपाली सिनेमाले अगाडि बढ्न वर्षौंसम्म संघर्ष गर्न परेको इतिहास छ । सन् २०१२ मा उत्पादित नेपाली सिनेमाले नेपाली दर्शकको मन पगाल्ने सुरु ग-यो । त्यसपछि नेपाली सिनेमा हेर्न बढी ध्यानाकर्षण हुनपुग्यो । धेरै दशकपछि नै नेपाली सिनेमाले प्रदर्शन आरम्भ दिन पछिका एक सय दिन काटन सकेको देखिन्छ । केही नेपाली सिनेमाले प्रस्तुतीकरण, परफरमेन्स, कथा र प्राविधिकमा सुुधार गर्दै आए । नेपाली सिनेमामा केही अभिनेताका रुपमा आएको नेपालीहरु पनि भारतीय सिनेमामा खेलि फिल्मी करियर सुरु भएको देखिन्छ ।

नेपालमा आधुनिक डिजिटल प्रविधिको कारण नेपाली सिनेमा निर्माणका संख्या ह्वात्तै बढ्दै आएको छ । २०७४/२०७५ सालमा रिलिज झन्डै १ सय ७५ फिल्ममध्ये ७० फिल्ममा निर्देशन नयाँ–नयाँ रहँदै आएका छन् । २०७४ सालमा मात्रै झन्डै ७८ फिल्म रिलिज भएकोमा २७ निर्देशित भएको थिए । २०७५ अन्तसम्म त ९७ फिल्मले त प्रदर्शन मिति निश्चित गरेकोमा ४३ भन्दा बढी निर्देशन थपिने भएका थिए । दुई वर्षमा ७० नयाँ निर्देशक प्रवेश गरे पनि राम्रो डेब्यु कमै भए ।

विगतका वर्षमा भन्दा २०७४ सालमा चलचित्रको व्यावसायिक सफलतासँगै सिक्वेल चलचित्र बनाउने बिगबिगी भएको पाइयो । यस वर्ष लगभग ९० चलचित्र प्रदर्शनमा आएको देखिन्छ। यसमध्ये २५ चलचित्र यस वर्ष राम्रो व्यवसाय गर्न सफल भएका छन् । यसमध्ये पनि बक्स अफिसमा सम्झनयोग्य १५ वटा देखिएको छ । २०७४ साललाई समग्रमा सांगीतिक रुपमा उर्वर साल मानिएको छ । गीतहरुले लोकप्रिय हुँदा रोयल्टीको विषयमा पनि संगीत क्षेत्र एक कदम अघि बढ्न सफल भएको भनिएको छ ।

२०७३ सालमा प्रदर्शनमा आएका ८६ मध्ये ५५ नेपाली सिनेमा राम्रो मानिएको देखिन्छ । नेपालमा २०७३ वैशाख १० बाट २५ चैतसम्म ८५ वटा नेपाली चलचित्र सार्वजनिक प्रदर्शनमा आए । यो संख्या प्रदर्शनको हिसाबले २०७१ सालको भन्दा कम भए पनि २०७२ सालको भन्दा बढी हो । नेपाली चलचित्रमा उच्चस्तरीय प्रविधिको प्रयोग, दर्शकको चाहनाअनुसार सिनेमा निर्माण र सुविधासम्पन्न सिनेमा हलका कारण दर्शकहरु हलसम्म पुग्ने गरेका छन् । चलचित्रका वितरकदेखि कलाकार, निर्देशक तथा निर्मातासमेत नेपाली चलचित्रप्रति आकर्षण हुँदै आएका छन् । लाखमा बन्ने सिनेमाहरु अब करोडमा बन्न थालेका देखिन्छन् । नेपाली सिनेमाको कथावस्तु पनि अचेल समय सन्दर्भ हुँदै आएको तथा छायाङ्कन उत्कृष्ट हुन थालेका देखिन्छन् ।

माथि उल्लिखित सबै तथ्यले नेपाली चलचित्रको बदलिँदो स्वरुपको चित्रण हो । व्यावसयिक नेपाली चलचित्रले देशको दर्शक तानिरहेका छन् । साथै फरक धारका नेपाली सिनेमाले विस्तारै विश्वमान चित्रमा नेपाली सिनेमाको संलग्ता बढिरहेको छ । नेपाली निर्माताले विस्तारै सिनेमामा लगानी बढाउँदै लगेका छन् । नेपाली सिनेमा मौलिकता नभेटिएको गुनासो अझसम्म कायम छ । नेपाली सिनमामा चलिरहेको परिवर्तनलाई एउटा ढाँचाबाट अर्को ढाँचा निर्माणको चरणमा रहँदै आएको छ । नेपाली सिनमाले करोड ग्रसबाट १६ करोडभन्दा माथिका आम्दानी गर्दै प्रवेश गरेको छ । सिनेमा निर्माण पछि परम्परायत भन्दा अनेकन प्रचार शैली अपनाइँदै आएको छ । एउटा सिनेमाको लागि तीस लाख भन्दा बढीको प्रचार–प्रसार खर्च गरिँदै आएको छ । अहिले विभिन्न अनलाइन मिडिया, सोसल साइटहरुमार्फत नेपाली सिनेमाको प्रचार गर्ने शैली हुँदै आएको छ ।

नीति, ऐन तथा कानुन :- नेपालमा चलचत्रकर्मीको बौद्धिक चेतना कम रहेको देखिन्छ । सरकारले पनि नेपाली चलचित्र शिक्षा तथा चेतनाको विकासमा ध्यान दिईएको देखिदैन् । नेपालमा झण्डै दशक अगाडि मात्र चलचित्र विषयमा स्नातक अध्ययन सुरु भएको देखिन्छ । सरकारले तीन वर्षअघि राष्ट्रिय चलचित्र नीति आउँदा चलचित्र क्षेत्रका सरोकारहरु निकै खुसी थिए । २०७३ साउनमा उक्त नीति कार्यान्वयनको अनुगमन तथा मूल्यांकन समिति बनेको थियो । तर यसको काम पूरा भएको देखिँदैन । सरकारले यस समितिलाई वास्ता नदिएका कारण यस समितिको निष्कर्ष अन्तिमसम्म गएन् । हिन्दी चलचित्रमार्फत नेपालमा जुन सांस्कृतिक, भाषिक र मनोवैज्ञानिक प्रभाव भारतले कायम गरेको छ त्यसलाई हिन्दी सिनेमाका अनुयायीहरु सधैँ हिन्दी सिनेमा निरन्तरता दिन चाहन्छन् । नेपालमा फिल्मसम्बन्धी ऐननियम तथा विनीयावली संशोधन गर्दै जान पर्नेमा त्यस क्षेत्रमा सरकारको ध्यान गएको देखिँदैन ।

चलचित्र क्षेत्रमा पनि प्रतिलिपि अधिकार ऐन २०५९ को हालको प्रावधान अनुरुप र थप गरी मापदण्ड सुधार गर्नुपर्ने आवश्यक छ । रोयल्टीसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिहरु हाम्रा प्रतिलिपि अधिकार ऐनमा अनुमोदन गर्न आवश्यक छ । यातायात व्यवस्था विभागले २०७४ सालमै यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गरी सार्वजनिक यातायातले गीत बजाएबापत रोयल्टी तिर्नुपर्ने नियम लागू गरेको गरेको थियो । यसबाट दैनिक १० लाख रुपैयाँ थालेको बताइन्छ । साथै यसै वर्ष संगीत क्षेत्रको विकृति हटाउने प्रयाश सुरु भएको छ। यसै वर्ष नयाँ मिडियाको रुपमा युट्युबको प्रयोग व्यापक रहेको देखिन्छ। नयाँ तथा पुराना सबै संगीतकर्मीले युट्युबको माध्यमबाट प्लेटफर्म बनाई डिजिटलका कारण आर्थिकोपार्जन भई हुन सक्ने अवस्थाको सुरुवात भयो ।

कुनैकुनै नेपाली सिनेमा चली हिन्दी फिल्म र हलिउडका सिनेमालाई समेत नेपाली सिनेमाले पछि पारेको देखिन्छ । नेपाली सिनेमाकै इतिहासमा यो अर्को नयाँ रेकर्ड कायम भएको छ । नेपाली समाजका सय वर्षअघिका कथामा आधारित पुरानो पुस्ताका चित्रण हुने जस्ता सिनेमाले नेपाली चलचित्रको स्तर बढाएको छ । नेपालमा निर्माण भएका जति सबै चलचित्र सफल भएका छैनन् । सबै सफल किन भएनन् त ? असफ किन भए ? यस्ता नेपाली सिनेमाका जिज्ञासा यस क्षेत्रमा कहिल्यै बहस नहुने अवस्थाबाट अब चर्चा हुन सुरु हुँदैछ । स्क्रिप्ट राइटिङ अर्थात् पटकथा/कथावस्तु लेखन लोकप्रिय सिनेमाको लागि मेरुदण्ड हो ।

सम्बन्धित व्यक्तिमा भोगाइ, अनुभव र कथा हुन्छ त्यसलाई प्रस्तुत गर्ने तरिका सबैमा भए पनि सुन्दर र कलात्मक शैलीमा पटकथा कसरी लेख्ने र त्यसलाई सिनेमामा कसरी व्यक्त गर्ने त्यो कठिन कार्य हुन्छ र त्यो सिक्नै पर्ने हुन्छ । भारतमा एक वर्षमा झण्डै बाह्र सय सिनेमा बन्दछन् । ती अधिकांश असफल छन् । यस्को मूल कारण पटकथालेखन नै हो । नेपालमा त अझ सफल सिनेमा बनाउन धेरै सिक्न पर्ने र धेरै वर्ष लाग्ने देखिन्छ । यसका लागि सरोकारहरुबीच सिनेमा बनाउन अघि नै कार्यशाला तथा छलफल गर्नुपर्ने हुन्छ । नेपाली बजारलाई सुहाउने खालको नाचगान बल्ल नेपाली सिनेमामा प्रवेश गर्दै छ । सिनेमाको गुणस्तर कायम गर्न लगानी बढी पनि आवश्यक पर्न सक्दछ ।

नेपाली सिनेमा उद्योगले चाहेजस्तो उन्नतिका लागि सरकारीस्तरमा कार्य अगाडि बढाइनुपर्दछ भने अर्को तर्फ नेपाली सिनेमा दर्शकमाझ फल्म लिटरेसी बढाउने कार्य गर्नुपर्दछ र नेपाली सिनेमाको नेपाली दर्शकहरुलाई विस्तारै हलिउड–बलीउड शैलीका नेपाली सिनेमाको साटो मौलिक किसिमका नेपाली सिनेमाको दर्शक माझ स्वाद बसाउनु पर्दछ। विश्व प्रसिद्ध भेनिस फिल्म फेस्टीभलमा नेपाली सिनेमा पनि पर्दै आएको छ । अब त नेपालमा सिनेमा त धेरै बन्दै आएका छन् तर कथामा भने विविधता भटिएको देखिदैन्

सूचना तथा सञ्चार मन्त्रालयका अनुसार नेपालमा बार्षिक ९० वटा जति विदेशी सिनेमा छायांकन हुँदै आएका छन्। यी मध्ये कतिपयले स्थानीय कथा र पात्रलाई पनि खेलाउने गरेका छन् । डकुमेन्ट्रीमा त प्रायः विषय वस्तु नै स्थानीय हुने बताइन्छ । यस्ता मौका स्वदेशमा नै उपलब्ध हुने हुँदा नेपाली सिनेमाले भरपुर फाइदा उठाउँदै नेपाली सिनेमाको गुणस्तर बढाँउदै लग्न सकिन्छ  । नेपालको कलासंस्कृति, मठमन्दिर, तालझरना, वन्यजन्तु, हिमाली जनजीवन, प्राकृतिक सुन्दरताका साथ तरुनातन्नेरी र बूढाबूढीबीच भएको प्रेमप्रसँग सिनेमामा समेटेर देशको अर्थतन्त्रले ठूलो लाभ सक्ने व्यापक सम्भावना छ । ती ओझेलमा पारिनु हुँदैन ।

संरक्षणको आवश्यकता :- राष्ट्रिय चलचित्र नीति २०७१ ले नेपाली चलचित्रलाई सांस्कृतिक उत्पादनको रुपमा मान्यता दिएर राज्य राष्ट्रिय र अन्तर्राष्ट्रिय लोकप्रियता बढाउने कार्यमा संलग्न गरिने मनसाय रहेको छ । वार्षिक रुपमा लगभग अबौं रुपैयाँको कारोबार हुने नेपाली चलचित्रको संख्यात्मक र गुणात्मक विकास नेपालजस्तो विकासोन्मुख देशको लागि अत्यावश्यक रही आएको छ । हलिउड चलचित्रसंगको प्रतिस्पर्धाबाट बच्न संसारमा पहीलो संरक्षण नीति जर्मनीले सन् १९२१ मा कार्यान्वयनमा आएको थियो ।

त्यसपछि अस्ट्रियाले सन् १९२५ मा र ब्रिटेन र इटालीले सन् १९२७ मा घरेलु चलचित्रमा संरक्षण नीति अपनाइएको थियो । बेलायती चलचित्रले अमेरिकन चलचित्रसँग प्रतिस्पर्धा गर्न नसकेपछि बेलायतले सन् १९९० देखि आफ्ना चलचित्रको विशेष संरक्षणको नीति अपनाउने र निर्माण कार्यमा प्रोत्साहन दिने व्यवस्था गर्दै आएको छ । १९९० पछि विश्वव्यापी सांस्कृतिक उत्पादनको महत्व बढ्दै गएकोदेखि जापानी सरकारले चलचित्र क्षेत्रमा विशृष कदम लिँदै आएको छ । त्यस्तै अस्ट्रेलियाले चलचित्र तथा टेलिभिजनलाई सरकारको विशेष सहयोग हुँदै आएको छ । सबै देशले घरेलु चलचित्र संरक्षणको लागि कदम चाल्दै आएको देखिन्छ । सन् १९९० सम्म आइपुग्दा दक्षिण कोरियाले चलचित्रले गुणात्मक र संख्यात्मक दुवै रुपमा राष्ट्रिय बजारको ५४ प्रतिशत कब्जा गरेको छ । सन् १९९० को दशकमा ताइवानी चलचित्र उद्योगमा संकटमा आएपछि सरकारले चलचित्र उद्योगको संरक्षण गर्न विशेष कदम चाल्दै आएको देखिन्छ ।

चीनमा प्रतिवर्ष ३४ वटा मात्र विदेशी चलचित्रको कोटा चिनमा प्रदर्शनका लागि खरला गरेको छ । नेपालमा पनि भारतीय चलचित्र प्रदर्शनमा वार्षिक कोटा आवश्यक छ । तर गरिएको छैन्  । नेपालमा भने खुला बजार अर्थतन्त्रको नाममा नेपाली चलचित्रको पुस्तौली व्यापारमा संलग्न व्यावसायिक घरानालाई नेपालीभन्दा विदेशी चलचित्रबाट अत्यधिक लाभ आर्जन हुने परम्परा देशको कमजोर चलचित्र नीतिले प्रश्रय दिएको देखिन्छ । नेपालको सन्दर्भमा चलचित्रलाई सांस्कृतिक उत्पादनको उद्योगको रुपमा वैधानिकता दिने कार्य नीतिमा नै सीमित भएको सरोकारहरुको भनाइ रहेको छ ।

समस्या तथा सुझाव :- नेपाली चलचित्रका आर्थिक पक्षका गहिराइमा गएर अध्धयन गरेर नाफा– नोक्सानका मार्ग निर्देशन गर्न सक्ने अनुसन्धानकर्ताको खाँचो रहको देखिन्छ । चलचित्र विकास बोर्ड आफैंसँग नेपाली चलचित्रको बजार खोज गर्ने निकाय र उपाय छै्रन । सरकारले केही वर्षअगाडि स्वदेशी सिनेमालाई व्यवस्थित गर्ने नीति ल्याएको थियो । नेपाली सिनेमा क्षेत्रलाई सिर्जनशील, सांस्कृतिक एवं मनोरञ्जनात्मक उद्योगको रुपमा राख्न चलचित्र नीति कार्यान्वन, अनुगमन र मूल्यांकनको लागि केही वर्ष अगाडि नौ सदस्यीय समिति गठन गरिएको थियो । नेपालको सिनेमाको विकास, देशको आर्थिक विकास र समग्र पूर्वाधारको विकासमा नेपाल–भारतको खुला सिमाना नै बाधक कारक तत्व हो भन्ने यस पङ्क्तिकारको भनाइ रहेको छ । लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका पूर्व नायब कार्यकारी निर्देशक हुन् । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com