पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोषको ६ अर्ब डलर ऋण

कराँची, वैशाख ३१
अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तानलाई ६ अर्ब अमेरिकी डलर ऋण दिने भएको छ । बढ्दो आर्थिक संकटको सामना गर्न आईएमएफले उक्त ऋण दिएको हो । यद्यपि यससम्बन्धी प्रस्ताव आईएमएफको व्यवस्थापनबाट पारित हुन भने बाँकी छ । आगामी ३ वर्षसम्ममा उक्त रकम पाकिस्तानले ऋण सहायतास्वरुप पाउनेछ । यसका लागि पाकिस्तानले महिनौँदेखि प्रयास गरिरहेको थियो ।

पाकिस्तानसँग अहिले अन्तर्राष्ट्रिय मुद्रा बचत छैन । आईएमएफले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानले आर्थिक वातावरणका लागि संघर्ष गरिरहेको, मूल्यवृद्धि बढेको, उच्च ऋणमा डुबेकोजस्ता कारण देखिएकाले यस्तो सहयोग गर्नुपरेको बताएको छ । उक्त सहयोग आर्थिक वृद्धिदर बढाउन प्रयोग हुने तथा व्यावसायिक वातावरण निर्माणमा परिचालन हुने पनि उसले जनाएको छ ।

गत वर्ष अगस्टमा पाकिस्तानी प्रधानमन्त्रीमा निर्वाचित इमरान खानले पटक पटक अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको याचना गर्दै आएका थिए । तर यता अमेरिकाले भने कोषसँग ऋण लिएर पाकिस्तानले चिनियाँ ऋण तिर्न खर्च गर्न सक्ने भन्दै नजिकबाट हेरिरहेको चेतावनी दिइसकेको छ । चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ परियोजनाअन्तर्गत पाकिस्तानमा खर्बौँको ऋण लगानी गरिरहेको छ ।

पाकिस्तान सन् १९५० मा आईएमएफसँग आबद्ध भएको थियो । त्यसयता कोषले २१ पटक ऋण दिइसकेको छ । सन् २०१३ मा मात्रै पाकिस्तानले कोषबाट ६ अर्ब ६० करोड डलर ऋण पाएको थियो । पाकिस्तानले भर्खरै मात्र मुख्य व्यापारिक साझेदार यूएईबाट ३ अर्ब डलरको सहयोग पाएको थियो । त्यस्तै उसले साउदी अरेबियाबाट पनि ६ अर्ब डलरको कोष सुविधा पाएको थियो । यसैबीच, कोषले पाकिस्तानको चालू आवको आर्थिक वृद्धिदर २.९ प्रतिशत रहने बताएको छ । पाकिस्तानसँग अहिले ९० अर्ब डलर वैदेशिक ऋण रहेको छ । कोषबाहेक पाकिस्तानले २ देखि ३ अर्ब डलर विश्व बैंक र एसियाली विकास बैंकबाट पाउने आशा गरेको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com