आठ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री

काठमाडौै, जेठ १
नेपाल राष्ट्र बैंकले आठ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री गरेको छ । मंगलबार राष्ट्र बैैकले सात बर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘ख’ बिक्री गरेको हो ।जारी मिति यही जेठ १ गते तोकिएको ऋणपत्रको परिपक्व हुने अवधि भने वि.सं. २०८३ जेठ १ गते छ । बोलकबोलको माध्यमद्वारा बिक्री गरिएको उक्त ऋणपत्रको खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिक नागरिकहरुले सहभागिता जनाएका थिए । राष्ट्र बैंकका अनुुसार खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीहरुसँग कर्जा लिन र दिन समेत पाइनेछ ।

अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने यो ऋणपत्र खरिदको लागि प्रतिस्पर्धी र अप्रतिस्पर्धी समूहभित्र रहेर ऋणपत्र बिक्री गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८० र २० प्रतिशत अर्थात् छ अर्ब ४० करोड र एक अर्ब ६० करोड छुट्याइएको थियो । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने व्यवस्थाअनुुरुप नै रहेर उक्त ऋणपत्र बिक्री गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्जमार्फत हुुनेछ । राष्ट्र बैंकले आगामी असार मसान्तसम्म ८६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । सोहीअनुुरुप ३६ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल र ५० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र बिक्री गर्ने योजना राष्ट्र बैंकले अघि सारेको छ । यसअन्तर्गत पहिलो चरणमा यही वैशाख ३० गतेदेखि जेठ १४ गतेसम्म ३६ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री हुुनेछ । यसैगरी विकास ऋणपत्रअन्तर्गत जेठ १ गते भने आठ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र २०८३ (ख) बिक्री भएको छ भने जेठ ३ गते पुुनः नौ वर्षे अवधिको आठ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८५ (ग) बिक्री हुुनेछ । सो पश्चात् जेठ ६ गते १० वर्षे अवधिको छ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र २०८६ (ग) बिक्री हुुनेछ ।

राष्ट्र बैंकका अनुसार जेठ ८ गते पनि ११ वर्षे अवधिको छ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र २०८७ (ख) बिक्री हुुनेछ । सो पश्चात् जेठ १० गते पनि १३ वर्षे अवधिको छ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र २०८९ (ख) बिक्री हुुनेछ । जेठ १३ गते भने १४ वर्षे अवधिको आठ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र २०९० बिक्री हुुनेछ । यसैगरी जेठ १५ गते पनि आठ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र २०८२ (ग) बिक्री हुुनेछ । राष्ट्र बैंकका अनुुसार उक्त ऋणपत्रको परिपक्व हुुने अवधि भने छ वर्ष तोकिएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com