मुनाफा आर्जनमा बीमा कम्पनीहरुको छलाङ

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीहरुको नाफा ५५ करोड नाघ्यो

सुरेश राउत
काठमाडौै, जेठ १
खुद मुनाफा आर्जनमा बीमा कम्पनीहरुले छलाङ मारेका छन् । जीवनतर्फ १९, निर्जीवनतर्फ २० र पुनर्बीमातर्फ एक समेत गरी कुल ४० वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेकोमा हालसम्म २९ वटा कम्पनीहरुले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनाको वित्तीय प्रतिवेदन सार्वजनिक गरेका छन् । तीमध्ये एकाधबाहेक सबैजसो कम्पनीहरुको खुद मुनाफा बढेको छ । अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले आर्जन गरेको खुद मुनाफा सबैभन्दा उच्च देखिएको छ । चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ मात्र रहेको सो कम्पनीले चालू आवको पछिल्लो नौ महिनामा ५८ करोड ४८ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी दुई सय ९२ रुपैयाँ ४५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ नौ सय ८६ रुपैयाँ २४ पैसा रहेको छ । खुद मुनाफा आर्जनमा दोस्रो स्थान ओगटेको नेपाल पुनर्बीमा कम्पनीले भने चालू आवको तेस्रो त्रैमासिकमा ५० करोड १२ लाख एक हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । चुक्ता पुँजी आठ अर्ब ४० करोड रुपैयाँ रहेको पुर्नबीमा कम्पनीले गत आवको सोही अवधिमा चार करोड ९० लाख २१ हजार रुपैयाँ मात्र खुद मुनाफा कमाएको थियो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो नौ महिनामा ४६ करोड ७२ लाख २४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

गत आवको सोही अवधिमा कम्पनीले ४३ करोड ५७ लाख ७८ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । हाल चुक्ता पुँजी चार अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १७ पैसा रहेको भने प्रतिसेयर नेटवर्थ दुई सय ३७ रुपैयाँ ५६ पैसा रहेको छ । चुक्ता पुँजी एक अर्ब पाँच करोड ७३ लाख १० हजार छ सय रुपैयाँ रहेको शिखर इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो नौ महिनामा ३३ करोड ६२ लाख ४२ हजार पाँच सय ४७ रुपैयाँ खुद मुनाफा कमाएको छ । प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ९९ पैसा तथा प्रतिसेयर नेटवर्थ दुई सय ४० रुपैयाँ २७ पैसा रहेको कम्पनीले गत आवको सोही अवधिमा ३१ करोड एक लाख छ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

चुक्ता पुँजी तीन अर्ब ७४ लाख ४० हजार पाँच सय ३५ रुपैयाँ रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पनि चालू आवको चैत मसान्तसम्म ३० करोड ६० लाख १९ हजार सात सय ७६ रुपैयाँ खुद मुनाफा कमाएको छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५६ पैसा तथा प्रतिसेयर नेटवर्थ एक सय २२ रुपैयाँ ८५ पैसा रहेको कम्पनीले सो कम्पनीले गत आवको सोही अवधिमा भने २२ करोड २० लाख ५२ हजार तीन सय ५८ रुपैयाँ खुद मुनाफा कमाएको थियो । नेको इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो नौ महिनामा २५ करोड १५ लाख ६३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो मुनाफा २१ करोड तीन लाख ९६ हजार रुपैयाँ रहेको थियो ।

निर्जीवन बीमा कम्पनीको रुपमा कारोवार सञ्चालन गर्दे आएको सो कम्पनीको चुक्ता पुँजी एक अर्ब १७ करोड ६२ लाख ७८ हजार रुपैयाँ रहेको छ । चालू आवको पछिल्लो नौ महिनामा प्रतिसेयर आम्दानी २८ रुपैयाँ ५२ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ भने दुई सय नौ रुपैयाँ २९ पैसा रहेको छ । यसैगरी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको खुद मुनाफा पनि बढेको छ । गत आवको तेस्रो त्रैमासिक अवधिमा १४ करोड ३१ लाख ५८ हजार रुपैयाँ खुद मुनाफा कमाएको कम्पनीले चालू आवको तेस्रो त्रैमासिकमा १६ करोड ३६ लाख ८१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ २३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय ६८ रुपैयाँ ३३ पैसा रहेको छ । चुक्ता पुँजी ८८ करोड रुपैयाँ रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो नौ महिनामा १४ करोड ९३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६२ पैसा तथा प्रतिसेयर नेटवर्थ एक सय ८८ रुपैयाँ ५१ पैसा रहेको कम्पनीले गत आवको सोही अवधिमा भने १४ करोड ४७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

सगरमाथा इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो नौ महिनामा १७ करोड १९ लाख १४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो मुनाफा १७ करोड दुई लाख ३८ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ५२ करोड ८२ लाख ९२ हजार रुपैयाँ रहेको कम्पनीको चालू आवको पछिल्लो अवधिमा प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ४७ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ तीन सय ३५ रुपैयाँ ७८ पैसा पुगेको छ । चुक्ता पुँजी ६१ करोड ७६ लाख ३९ हजार रुपैयाँ पुर्याएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पनि चालू आवको चैत मसान्तसम्म १३ करोड छ लाख ३६ हजार रुपैैयाँ खुद मुनाफा कमाएको छ । प्रतिसेयर आम्दानी २८ रुपैयाँ २० पैसा तथा नेटवर्थ दुई सय एक रुपैयाँ २१ पैसा रहेको कम्पनीले गत आवको सोही अवधिमा भने छ करोड ८२ लाख ९२ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

यसैगरी चुक्ता पुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो नौ महिनामा १२ करोड ७२ लाख ६६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४५ पैसा तथा प्रतिसेयर नेटवर्थ दुई सय आठ रुपैयाँ २४ पैसा रहेको उक्त कम्पनीले गत आवको सोही अवधिमा भने १२ करोड १६ लाख ४९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । यी बाहेक प्रभु इन्स्योरेन्स, आईएमई जनरल, अजोड लगायतका कम्पनीहरुको खुद मुनाफा पनि बढेको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com