आन्तरिक मामिला तथा कानुन मन्त्रीद्वारा क्षेत्राधिकार बाहिर गएर करोडौं खर्च

बिराटनगर, जेठ १
प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर करोडौं खर्च गरिरहेको पाइएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतबहादुर कार्कीले क्षेत्राधिकार बाहिर गएर विभिन्न योजनामा खर्च गरेका छन् । कार्कीले ७० वटा एम्बुलेन्स खरिद, दुर्व्यसनविरूद्धको ‘म अघि बढ्छु’ भन्ने कार्यक्रम र सीमा क्षेत्रका १३ स्थानमा सशस्त्र प्रहरीलाई चौकी बनाउन दिनेलगायतका योजनामा खर्च गर्न लागेका हुन् । एम्बुलेन्स खरिद गर्ने कार्य आन्तरिक मामिला तथा कानुन मन्त्रालयको क्षेत्राधिकारभित्र नपर्ने जानकारहरु बताउँछन् ।

मन्त्री कार्कीको ठाडो आदेशले ७० वटा एम्बुलेन्स खरिद गर्न यही वैशाख २० गते राष्ट्रिय दैनिकमा सूचना प्रकाशित भएको थियो । प्रदेशको आन्तरिक मामिला मन्त्रालयले क्षेत्राधिकारभन्दा बाहिर गएर करोडौं खर्च गर्न राष्ट्रिय दैनिकमा नै सूचना प्रकाशन गरिपछि उनी विवादमा परेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रशासन तथा योजना शाखा प्रमुख मनोज कार्कीले मन्त्रालयबाट एम्बुलेन्स खदिका लागि भन्दै सात करोड ४९ लाखको बजेट विनियोजित गरेको बताए ।

प्रदेश सरकारको वेबसाइटमा प्रकाशित सूचनालाई आधार मान्ने हो भने प्रदेशमा एम्बुलेन्स खरिद गर्ने अधिकार सामाजिक विकास मन्त्रालयलाई मात्रै भएको उल्लेख गरिएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्ले गत फागुन ६ को निर्णयमा सामाजिक विकास मन्त्रालयलाई शिक्षा, स्वास्थ्य तथा जनसंख्या, खानेपानी तथा सरसफाइ, महिला–बालबालिका–ज्येष्ठ नागरिक–सामाजिक सुरक्षालगायत सात वटा कार्यक्षेत्र दिइएको उल्लेख गरेको थियो । जसअनुसार ५८ शीर्षकमा जिम्मेवारी तोकिएको थियो । उक्त कार्यक्षेत्र र जिम्मेवारी हेर्दा एम्बुलेन्स खरिदको काम सामाजिक विकास मन्त्रालयका भागमा पर्ने स्पष्ट देखिन्छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट भन्सार छुटमा आयातित एम्बुलेन्सहरू प्रदेशअन्तर्गत सडकको पहुँच पुगेका ७० वटा गाउँपालिकालाई वितरण गरिने गरी मन्त्रीको इच्छाअनुसार वितरण गर्ने उद्देश्य लिएर उक्त कार्यका लागि रकम छुट्याएका हुन् । त्यसैगरी प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको स्लोगन ‘म अघि बढ्छु’ भन्ने कार्यक्रम पनि आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएको पाइएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त कार्यक्रम पनि सामाजिक विकास मन्त्रालयकै क्षेत्राधिकारभित्र पर्ने उल्लेख गरिएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com