विद्यालयको छानो हावाले उडाएपछि खुला आकाशमुनि पठन–पाठन

बाग्लुङ, जेठ १
विद्यालयको छानो हावाहुरीले उडाएपछि विद्यार्थीहरु खुल्ला आकाशमुनि बसेर पढ्न बाध्य भएका छन् । बाग्लुङको जैमिनी नगरपालिका–५ विनामारेस्थित दलित उत्थान आधारभूत विद्यालयको छानो हावाले उडाउँदा एक महिनादेखि पठन–पाठनमा समस्या भएको हो । वैशाख ३ गतेको हावाहुरीका कारण विद्यालयको दुईकोठे भवनको जस्ताको छानो उडाउँदा विद्यार्थीलाई खुला आकाशमुनि पठन–पाठन गराउन बाध्य भएको विद्यालयले जनाएको छ । पानी पर्दा बाल विकास भवनको बार्दलीमा र घाम लाग्दा खुला आकाशमुनि पठन–पाठन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक रामु विकले बताए । बाल विकासदेखि ५ कक्षासम्म अध्यापन हुने विद्यालयमा जम्मा ४३ विद्यार्थी छन् । विद्यालयमा अधिकांश दलित विद्यार्थी छन् ।

बाढीका कारण तीन घर विस्थापित :- जिल्लाको बडिगाड गाउँपालिका–६ खालमा बाढीका कारण तीन घरमा ठूलो क्षति पु-याएको छ । सोमबार साँझ परेको भारी वर्षाका कारण माथिबाट आएको भलले लोकमार्ग छेउमै रहेको स्थानीय गोठे सार्कीको छाप्रे घर पुरेको छ भने गोपाल श्रेष्ठ र गंगे सार्कीको घरमा बाढी पसेको कारण पनि क्षति पुगेको वडा अध्यक्ष मौसमकाजी क्षेत्रीले जानकारी दिए । घ्वाङखोलाको भलसहित आएको बाढीले घरमा क्षति पु-याउँदा बस्नै नमिल्ने गरी क्षति पु-याएको हो । विस्थापित तीन घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको अध्यक्ष क्षेत्रीले बताए । माथिबाट आएको बाढीका कारण झण्डै दुई घण्टा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको थियो । बाढीका कारण लोकमार्ग अवरुद्ध भएपछि तत्कालै जेसिभीको सहायताले सडक खुलाइएको अध्यक्ष क्षेत्रीले बताए । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com