दक्षिणकाली नगरपालिकाद्वारा नगर सरसफाइ अभियान सञ्चालन

काठमाडौं, जेठ १
दक्षिणकाली नगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरुको दुई वर्षे कार्यकाल पूरा भएको उपलक्ष्यमा नगर सरसफाइ अभियान सञ्चालन गरेको छ । ‘स्वच्छ, सुन्दर, फोहोररहित हराभरा, हाम्रो दक्षिणकाली नगरपालिका अभियान’ भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरेको हो । औपचारिक र खर्चालु कार्यक्रम सञ्चालन गर्नुभन्दा उपलब्धिमूलक कामबाट नगरको विकासमा योगदान पुग्ने हुँदा नगर सरसफाइ अभियानको सुरुवात गरिएको दक्षिणकाली नगर प्रमुख मोहन बस्नेतले बताए । नगरभित्रको सम्पूर्ण फोहोरहरुलाई व्यवस्थित गरी पुनः प्रयोगमा ल्याउन सकिने व्यवस्थापन नगरपालिकाले गरेको बताउँदै धार्मिक, सांस्कृतिक र पर्यटकीय नगर आउने सबैले केही दिनमा नै स्वच्छ हराभरा नगरपालिका देख्न पाउने मेयर बस्नेतले दाबी गरे । केही दिनभित्रै नगरको विभिन्न स्थानमा सीसी क्यामरा जडान गरी सुरक्षा र सरसफाइको निगरानी गरिने र सबै वडावासीलाई यस अभियानमा सक्रिय बनाउने उपमेयर वसन्ती डंगोल तामाङले बताइन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com